Sidha Patra शनिबार, माघ १७, २०८२

काठमाडौं । विश्वभक्त दुलाल’आहुति’नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

शुक्रबार पेरिसडाँडामा ८ बुँदे सहमति गरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय सदस्यसमेत रहेकी धनकुमारी सुनारको नेतृत्वमा नेताहरु नेकपामा समाहित भएका हुन् । उनीहरुलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् ।

नेकपामा समाहित हुनेहरुमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली,केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल,कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनार लगायत रहेका छन् ।

यसैगरी तुलशी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापति, करीता सिजापती, सुमित्रा खाति,शर्मिला जिजार, कमला पिसी र कञ्चनपुर जिल्ला महिला संगठन संयोजक रीता नेपाली सहितका नेता–कार्यकर्ता पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ ।सेतोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]