
Mbdvs
Gisld
Pbu
Sds
mbd
Rbs

Sbs
Tsm
Rsb
Vor
Rgu
Ksm
Hal
Ggd
Rgu
Bbbpu
Gst
Ssm
nsb
Pvg
Wsp
Sls
Asm
Bbu
Rgs

Abd
bbt
Pls
Rpp
Jmb
Rmb
sab
Mks
Syp
Gsb
Ptm
Jmb
Bml
नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) सार्वजनिक हुनुभएको छ। शुक्रवार उहाँ नवलपरासीमा पहिलो पटक सार्वजनिक हुनु भएको हो ।
आज बिहान नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेर विप्लव काठमाडौँका लागि प्रस्थान गर्नु भएको समाचार श्रोतले बताएको छ। विप्लवलाई प्रहरीले सुरक्षा दिएर काठमाडौँ पुर्याउदै छ । सरकारसँगको वार्ता सफल भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव सार्वजनिक कार्यक्रममा सहभागी हुन काठमाडौँ जादै हुनुहुन्छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सरकारले विप्लवलाई काठमाडौं ल्याउन हेलिकोप्टरको ब्यबस्था गरेपनि विप्लव चढ्न नमानेपछि गाडीबाटै उहाँ काठमाडौं जान लाग्नु भएको हो ।नवलपरासीमा विप्लवले शहीद परिवारसँग भेटघाट समेत गर्नु भएको छ ।
