Sidha Patra शुक्रबार, फाल्गुण २१, २०७७

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) सार्वजनिक हुनुभएको छ। शुक्रवार उहाँ नवलपरासीमा पहिलो पटक सार्वजनिक हुनु भएको हो ।

आज बिहान नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेर विप्लव काठमाडौँका लागि प्रस्थान गर्नु भएको समाचार श्रोतले बताएको छ। विप्लवलाई प्रहरीले सुरक्षा दिएर काठमाडौँ पुर्याउदै छ । सरकारसँगको वार्ता सफल भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव सार्वजनिक कार्यक्रममा सहभागी हुन काठमाडौँ जादै हुनुहुन्छ ।

शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सरकारले विप्लवलाई काठमाडौं ल्याउन हेलिकोप्टरको ब्यबस्था गरेपनि विप्लव चढ्न नमानेपछि गाडीबाटै उहाँ काठमाडौं जान लाग्नु भएको हो ।नवलपरासीमा विप्लवले शहीद परिवारसँग भेटघाट समेत गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]