
Lnp
Lks
Rgp
Asb
Rgp
Jns
Dus
Sgp
lnp
Ggp
ksb
Rgp
Usb
Rgp
Ggp

lms

दाङ । नेपाली कङ्ग्रेस दाङ क्षेत्र नम्बर एकका उम्मेदवार योगेन्द्र चौधरी यतिबेला भालुबाङ बजारमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफलमा सक्रिय रहेका छन् ।
चुनाव नजिकिँदै गर्दा उनले घरदैलो तथा बजार केन्द्रित कार्यक्रममार्फत जनताका समस्या,गुनासा र अपेक्षाहरु सुन्ने काम गरेका हुन् ।भेटघाटका क्रममा स्थानीय व्यापारी,युवा, महिला तथा बृद्धबृद्धाले यसअघिका जनप्रतिनिधिहरूले जनतामुखी काम गर्न नसकेको गुनासो गर्दै यसपटक परिवर्तनको अपेक्षा व्यक्त गरेका छन् ।
त्यस्तै उनीहरुले रोजगारीको अवसर सिर्जना,भालुबाङलाई व्यवस्थित बजारको रुपमा विकास, सडक तथा ढल व्यवस्थापन, खानेपानी,स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार जस्ता विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । सो अवसरमा उम्मेदवार चौधरीले नेपाली कङ्ग्रेस सधैं लोकतन्त्र, विकास र जनताको पक्षमा उभिँदै आएको पार्टी भएको उल्लेख गर्दै आफू निर्वाचित भएमा भालुबाङ र देउखुरी क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै “जनताको आवाज नै मेरो मुख्य एजेन्डा हो । भालुबाङलाई दाङकै आर्थिक केन्द्रको रुपमा विकास गर्ने मेरो लक्ष्य छ,” उनले भने । स्थानीय युवाहरुले सीपमूलक तालिम,स्वरोजगार कार्यक्रम र लगानीमैत्री वातावरणको माग गरेका छन् भने महिलाहरुले स्वास्थ्य सेवा सहज र सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । किसानहरुले कृषि उत्पादनको उचित मूल्य,सिंचाइ सुविधा र बजार पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन् । भेटघाट कार्यक्रममा सहभागी मतदाताहरुले यसपटक जनतासँग प्रत्यक्ष संवाद गर्ने,समस्या बुझ्ने र समाधानका लागि स्पष्ट योजना ल्याउने उम्मेदवारलाई जिताउनुपर्ने धारणा राख्दै योगेन्द्र चौधरीप्रति विश्वास व्यक्त गरेका छन् ।
