
dsbus
Nssbus7
Bksbus5
Gsbus
Ssbus
Csbus
Ddhbs
Rbs
Jsbus
Gsl
gms
Pbu
Ratbs
Amb

Bbbpu
Sls
Ksm
Vor
nsb
Rgu
Sbs
Rsb
Ggd
Tsm
Rgu
Asm
Ssm
Rgs
Bbu
Hal
Gst
Wsp
Pvg

Gsb
Mks
sab
Syp
Rpp
Pls
Jmb
Rmb
Abd
Bml
bbt
Jmb
Ptm
दाङ । प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर–१ का उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले देउखुरीवासीको सपना पूरा गर्न प्रतिनिधि सभामा पुग्न चाहेको बताएका छन्।
शुक्रबार लमहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले प्रदेश नम्बर–५ बाट लुम्बिनी प्रदेश नामाकरण भई अस्थायी मुकाम बुटवलबाट स्थायी मुकाम राप्ती उपत्यका (देउखुरी) कायम गर्ने निर्णय कार्यान्वयनको चरणमा पुगे पनि राजनीतिक अस्थिरताका कारण त्यसको भविष्य चुनौतीपूर्ण बन्दै गएको बताए।
उनले २०७९ मङ्सिर १४ गतेदेखि देउखुरीबाटै प्रादेशिक मुकाम सञ्चालनको तयारी भई पौषको अन्तिम साताबाट कार्यसम्पादन सुरु भएको स्मरण गराउँदै नदी सभ्यतामा आधारित नयाँ आधुनिक सहरको अवधारणासहित १२ वटै जिल्लालाई जोड्ने प्रादेशिक मुकामको गुरुयोजना अलपत्र पर्न नदिन दृढ सङ्कल्पसहित आफू चुनावी मैदानमा आएको स्पष्ट पारे।
“हामीले रोपेको राजधानीको फूल देउखुरीमै रोपिएको छ, अब त्यसलाई जोगाउने र फुलाउने जिम्मेवारी हामी सबैको हो,” केसीले भने, “देउखुरीवासीको सपना पूरा गर्न प्रतिनिधि सभामा पुग्न चाहन्छु।”
देशको समग्र राजनीतिक अवस्थाबारे बोल्दै उनले प्रतिनिधि सभामा जिम्मेवार र सक्षम प्रतिनिधि नहुँदा उत्पन्न हुने अवस्था पछिल्लो समय देखिइसकेको बताए। गत भाद्र २३ र २४ गते देखिएको नवयुवाको आन्दोलन र त्यसपछिका घटनाक्रमले देश संवेदनशील मोडमा पुगेको उनको भनाइ थियो।
यस्तो अवस्थामा लुम्बिनी प्रदेशको प्रादेशिक मुकाम देउखुरीलाई यहाँका जागरुक नवयुवा र आम नागरिकले पहरा दिँदै जोगाएकोप्रति केसीले आभार व्यक्त गरे। “जितगढीको किल्ला जोगाएझैँ देउखुरी मुकामको रक्षा गर्नुभएकोमा सम्पूर्ण देउखुरीबासीलाई धन्यवाद तथा सलाम छ,” उनले भने।
अन्त्यमा उम्मेदवार केसीले ‘मिसन देउखुरी, भिजन देउखुरी’लाई सफल बनाउन आँप चुनाव चिन्हमा मतदान गरी आफूलाई देउखुरीको पहरेदारको जिम्मेवारी पुनः दिन मतदातासँग अपिल गरेका छन्।
