
Jns
Sgp
Lks
Rgp
Lnp
Rgp
Rgp
Rgp
Dus
Usb
lnp
Ggp
Asb
Ggp
ksb

lms

दाङ । नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर १ दाङमा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका मेटमणी चौधरीलाई श्यामेश चौधरीले समर्थन नगर्ने घोषणा गरेका छन् ।
चुनाव प्रचारप्रसार समितिका संयोजक तथा पूर्व माओवादी केन्द्र राप्ती गाउँपालिका इन्चार्ज, लुम्बिनी प्रदेश सदस्य,थारु राष्ट्रिय मुक्तिमोर्चाका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्यामेश चौधरीले मेटमणि चौधरीलाई समर्थन नगर्ने घोषणा गरेका हुन् ।
शुक्रबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि श्यामेश चौधरीले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मेटमणिलाई समर्थन नगर्ने घोषणा गरेका हुन् । विगत लामो समयदेखि माओवादी केन्द्र संस्थापन पक्षमा रही पार्टीको विधी,विधान र अनुशासनमा रही काम गर्दै– आएको बताउँदै चौधरीले राजनितीलाई पेशाको रुपमा बनाउने गलत सम्झौता गर्नु–भन्दा एक्लै भए पनि सहि बाटोमा हिड्न उचित ठानेर जनताको भावना र चाहना अनुसार दाङ क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनम) लाई समर्थन गर्ने बताए ।
प्रदेशको राजधानी देउखुरीमा ल्याउन महत्वपूर्ण भुमिका खेलेको र विकास निर्माणका लागि केसी उपयुक्त ठानेर आफुले स्वतन्त्र उम्मेदवार केसीलाई रोजेको बताए । साथै उनले एक पटक समग्र देउखुरीको विकासका लागि सवै जनता एक ढिक्का भएर चुनाव चिन्ह आँपमा मतदान गरि विजय गराउन पत्रकार सम्मेलन मार्फत आम जनतालाई आग्रह गरेका छन् ।
