
Rbs
dsbus
Jsbus
gms
Ddhbs
Bksbus5
Ssbus
Ratbs
Gsbus
Csbus
Amb
Pbu
Nssbus7
Gsl

Wsp
Rgs
Bbu
Hal
Pvg
nsb
Tsm
Ssm
Sls
Ggd
Sbs
Rgu
Ksm
Bbbpu
Vor
Rsb
Rgu
Asm
Gst

Syp
Rpp
Mks
Bml
Pls
Rmb
Gsb
Jmb
bbt
Abd
sab
Jmb
Ptm
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेकपा एमाले दाङ क्षेत्र नम्बर १ मा शुक्रबार प्रचार भेला सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपाल दाङको आयोजनामा सम्पन्न उक्त भेलाले निर्वाचनलाई लक्षित गर्दै सञ्चार तथा प्रचार रणनीति तय गरेको हो । भेला लमही नगर अध्यक्ष किशन भट्टराईको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले लोकतान्त्रिक अभ्यासमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै तथ्यमा आधारित, सकारात्मक र जनमुखी प्रचारमार्फत निर्वाचनमा पार्टीलाई बलियो बनाउने आवश्यकता औँल्याए । उनले पार्टीका नीति,कार्यक्रम र उपलब्धिलाई जनतामाझ प्रभावकारी रुपमा पुर्याउन सञ्चारकर्मीहरुलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।
त्यस्तै भेलामा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इञ्चार्ज टिकाबहादुर बस्नेत,नेकपा एमाले क्षेत्र नं. १ का संयोजक सहजराम यादव,जिल्ला प्रचार विभाग प्रमुख सङ्गीत बस्याल,प्रेस चौतारी नेपाल दाङका जिल्ला अध्यक्ष सुधासुमन ढकाल,लमही नगर अध्यक्ष रतनकुमार केसी,जिल्ला सदस्य पुष्पराज अधिकारी,प्रेम केसी,नगर सचिव पवन शर्मा रिजाल लगायत प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
यस्तै भेलामा आगामी निर्वाचनसम्म सञ्चालन गरिने प्रचार अभियान,सञ्चार रणनीति,सन्देश प्रवाहको प्रभावकारिता तथा पत्रकारहरुको भूमिकाबारे विभिन्न सुझाव र धारणा प्रस्तुत गरिएको थियो । सहभागीहरुले समन्वयात्मक ढंगले अघि बढ्दै निर्वाचन प्रचारलाई व्यवस्थित, सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
