
Gsl
gms
Ratbs
Rbs
Gsbus
Bksbus5
Ddhbs
Ssbus
Amb
Nssbus7
Pbu
Csbus
Jsbus
dsbus

Tsm
Vor
Gst
Ksm
Asm
Hal
Rgu
Pvg
Rgs
Sls
Rgu
Bbbpu
Ssm
Rsb
Wsp
Ggd
Sbs
nsb
Bbu

Rpp
Rmb
Pls
Gsb
Mks
Ptm
Abd
bbt
Jmb
sab
Jmb
Syp
Bml
दाङ । सहिद दिवसको अवसरमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ काङ्ग्रेसी मनको आयोजनामा लमही बजार स्थित धमला चोकमा दिप प्रज्वलन गरेकाे छ ।
नेपाली काङ्ग्रेस लमही नगर सभापति सन्ताेष बुढाथोकीको अध्यक्षता एवम् नेपाली काङ्ग्रेस सह-महामन्त्री याेगेन्द्र चाैधरीकाे प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका नेता मधु न्याैपानेकाे विशिष्ट अतिथिमा शुक्रबार सहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हाे ।
त्यस्तै उपस्थित सबैले सहिदहरुको सम्मानमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । दीप प्रज्वलन कार्यक्रम अघि सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।
सहिद दिवसको अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले सहिदप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नुका साथै युवा पुस्तालाई राष्ट्रप्रेम र जिम्मेवारीप्रति सचेत गराउने उद्देश्य राखेको नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ५ का वडा सभापति रवि श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ५ का वडा सभापति रवि श्रेष्ठले सहिदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगर सभापति सन्ताेष बुढाथोकीले सहिद दिवसका अवसरमा सन्देश दिँदै, दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुईमत नभएको बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरुको उपस्थिति रहेकाे थियो । नेपाली काङ्ग्रेस सह-महामन्त्री याेगेन्द्र चाैधरी दाङ क्षेत्र नम्बर १ काे प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार समेत रहेका छन् ।
