
Jns
Rgp
Ggp
Rgp
ksb
lnp
Lnp
Dus
Usb
Ggp
Lks
Sgp
Rgp
Asb
Rgp

lms

दाङ । नेपाली काङ्ग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर–१ बाट पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ ।
युवा पुस्ताका उम्मेदवारका रूपमा चौधरीलाई अघि सारेसँगै क्षेत्र नम्बर–१ का मतदाताहरु उत्साहित भएका छन् । देउखुरी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चौधरीले राप्ती नदीमा पक्की पुल निर्माणदेखि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतिजस्ता उल्लेखनीय कामहरु गर्नु भएको छ ।
त्यस्तै उम्मेदवार बनेसँगै चौधरीले चुनावी अभियानलाई तीव्रता दिएका छन् । उनि राप्ती गाउँपालिका,गढवा गाउँपालिका, राजपुर गाउँपालिका तथा लमही नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर मतदाताहरुसँग भेटघाट गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन् ।
त्यस्तै जनताको घरदैलोमा पुग्दा मतदाताहरुले चौधरीलाई उत्साहपूर्वक स्वागत गर्दै विजयी गराउने विश्वास दिलाउँदै आएका छन् । स्थानीयका अनुसार विकासप्रेमी र अनुभवी नेताका रुपमा चौधरीप्रति जनसमर्थन बढ्दो छ ।

