
Ssbus
Jsbus
Rbs
Gsbus
gms
Ddhbs
Csbus
Bksbus5
Gsl
Pbu
Amb
Ratbs
Nssbus7
dsbus

Gst
Rgu
nsb
Asm
Vor
Sbs
Ssm
Pvg
Bbu
Rgu
Wsp
Ggd
Hal
Bbbpu
Tsm
Sls
Ksm
Rsb
Rgs

Gsb
Pls
Mks
sab
bbt
Jmb
Syp
Jmb
Rmb
Bml
Abd
Ptm
Rpp
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान मन नपराउने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् । रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चालेका कदमहरू केही शक्तिलाई मन नपरेको दाबी गरेका हुन् ।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध र सामाजिक विभेद अन्त्यका लागि निर्मम अभियान चलाएको स्मरण गरे । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूसँग सन्तुलित सम्बन्ध बनाएर मुलुकको समृद्धि बढाउने प्रक्रिया अघि बढाइरहँदा त्यही अभियान मन नपराउने समूह सक्रिय भई सरकार ढलाएको जिकिर गरे । अधुरा रहेका ती सुशासन र समृद्धिका अभियान पूरा गर्नका लागि जनताको र कार्यकर्ताको दृढता आवश्यक पर्ने भएकाले आफू पुनः जनताको बीचमा जान लागेको उनले प्रष्ट पारे ।
आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णय लिनुको कारण खुलाउँदै प्रचण्डले यो केवल निर्वाचन क्षेत्र फेर्ने कुरा मात्र नभएको बताए । उनले रुकुम पूर्व जनयुद्धको केन्द्रीय आधार इलाका भएको र ऐतिहासिक चुनवाङ बैठकबाटै नेपालमा गणतन्त्रको शंखघोष गरिएको स्मरण गरे । चुनवाङ बैठकले नै महिला, दलित, जनजाति र उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउने नीति पास गरेको भन्दै उनले पार्टी इतिहासको अविस्मरणीय ‘लाभाङ बैठक’ र हुकाम–मैकोटको प्रतिरोधको विरासतलाई सम्मान गर्न आफू त्यहाँ जान लागेको बताए । देश अहिले ‘जेनजी’ आन्दोलन र विभिन्न विध्वंसपछि जटिल मोडमा रहेकाले राष्ट्रलाई एकताबद्ध गर्न र आन्दोलनलाई नयाँ उचाइ दिन रुकुम पूर्व रोज्नुपरेको उनको भनाइ छ ।
त्यस्तै प्रचण्डले आफू भोट माग्न र चुनाव जित्नका लागि मात्र रुकुम पूर्व जान नलागेको दाबी गरे । उनले रुकुम पूर्वमा विकास, उत्पादन र रोजगारीको नयाँ ‘मोडेल’ खडा गरेर त्यसलाई समाजवादको भ्रूणका रूपमा विकास गर्ने योजना सुनाए । त्यहाँको जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडा पालनमार्फत हजारौँ युवालाई रोजगारी दिएर समाजवादको आधार तयार पार्ने आफ्नो सपना रहेको उनले बताए ।
यस्तै तेस्रो पटक प्रधानमन्त्री हुँदा आफूले जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेको र पीडित परिवारलाई रोजगारी तथा आर्थिक परिपूरण दिने विधेयक तयार पारेको उनले जानकारी दिए । उक्त विधेयक कार्यान्वयनको सुरुवात आधार इलाकाबाटै गरेर सहिद र घाइतेहरूलाई उच्च सम्मान दिन आफू रुकुम जानुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । प्रचण्डले आफ्नो जीवनको बाँकी समय राष्ट्र, सुशासन र समाजवादका निम्ति समर्पित गर्ने सङ्कल्प लिएको बताउँदै रुकुम पूर्वका जनताको भावना र विकासको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।रातोपाटी
