
Rgp
Asb
Lks
Dus
Jns
Rgp
Ggp
Ggp
Usb
Lnp
Sgp
Rgp
Rgp
ksb
lnp

lms

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् । अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । ५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लाग्यो । तर उनले सामान्य रुपमा लिए । केही औषधि खाए ।
त्यस्तै चोट निको नहुँदै उनी आफ्नो निर्वाचन क्षेत्र चितवनतर्फको चुनावी दौडमा हिँडे । कामको व्यस्तताले नियमित औषधि खान भ्याएनन् । दुखाइ रोकिएन, घाउ सुन्निन थाल्यो । खुट्टा रातो भयो । चोट लागेको ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल पुगे । परीक्षणको क्रममा उनलाई सेलुलाइटिस भएको पत्ता लागेको थियो । उनलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको छ ।
