
Csbus
Bksbus5
Rbs
Pbu
Ratbs
Gsl
Jsbus
Nssbus7
Ddhbs
gms
Amb
Gsbus
Ssbus
dsbus

Vor
Ssm
Asm
Ksm
Bbu
Rgu
nsb
Sls
Rgs
Rsb
Sbs
Hal
Gst
Bbbpu
Pvg
Ggd
Wsp
Tsm
Rgu

Pls
Bml
Rmb
Mks
Abd
Rpp
Ptm
Jmb
Jmb
bbt
Syp
Gsb
sab
दाङ । तुलसीपुर नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधी गोरखा माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा बालमितेरी मावि भोजपुरको ब्यबस्थापनमा विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा १८ स्वर्ण, ६ रजत र १४ कास्य पदकसहित कुल ३८ मेडल हात पार्दै गोरखा मावि तुलसीपुरले रनिङ शिल्ड जितेको हो ।
त्यस्तै १० स्वर्ण,१४ रजत र १५ कास्य सहित कुल ३९ मेडल हात पारेको ज्ञानज्योती दोश्रो हुदा साबिक बिजेतासहिद स्मृति आवाशिय मावि तुलसीपुर १७ बनकट्टी तृतीय भयो । त्यसैगरी ६ स्वर्ण,८ रजत र ९ कास्य पदक जितेको माबि तुलसीपुर सेन्टर चौथो र ६ स्वर्ण, २ रजत २ कास्य पदक हात पार्न सफल माबि कालाखोला पाँचौ स्थानमा पर्न सफल भए ।
तीन दिनसम्म संचालित प्रतियोगिताको टिम खेल विधाअन्तरगत भलिबल छात्रमा ग्रेटअरनिक माबि तुलसीपुर प्रथम, गुरुजजुर मावि रक्षाचौर द्वितिय, जनकल्याण मावि दुधरास र सहिद स्मृति मावि तृतिय भए । छात्र भलिबलको उत्कृष्ट खेलाडी ग्रेटअरनिको माविका निशान मल्ल भए ।
त्यस्तै छात्रा भलिबलमा गुरुजजुर प्रथम, माबी तुलसीपुर सेन्टर द्वितिय, ग्रेटअरनिको माबि र जनश्रम माबि दुधरास तृतिय भए । छात्रा भलिबलमा उत्कृष्ट खेलाडी गुरुजजुर माबिका यशोदा बोहरा भइन । कवड्डी छात्रमा ज्ञानज्योती माबि तुलसीपुर प्रथम, गुरुजजुर माबि द्वितिय, अमर मावि उरहरी र मावि सेन्टर तृतीय भए । छात्र कवड्डिको उत्कृष्ट खेलाडि गुरुजजुर माबिका प्रकाश रोका भए । त्यस्तै छात्रा कवड्डीमा महेन्द्र मावि तुलसीपुर, ग्रेटअरनिको द्वितिय, जनकल्याण मावि दुधरास र जनज्योती मावि रनियापुर तृतीय भए । छात्रातर्फको उत्कृष्ट खेलाडी महेन्द्र माबिका करुणा वली भइन् ।
यस्तै कराते खेल बिधामा गोरखा मावि प्रथम, मावि तुलसीपुर सेन्टर द्वितिय र साधना पाठशाला तृतिय भए । कराते छात्रमा गोरखा माबिका सतिस केसी र छात्रामा गोरखाकै समृद्धि खत्री उत्कृष्ट खेलाडी भए । एथलेटिक्समा गोरखा तुलसीपुर प्रथम, गुरुजजुर माबि द्वितिय र माबि तुलसीपुर सेन्टर तृतिय भए । एथलेटिक्स छात्रमा ग्रेटअरनिको माबिका सुवास रावत र छात्रामा गोरखा माबिका पिन्जु चौधरी उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै तेक्वान्दो खेलमा सहिद स्मृती माबि प्रथम, ज्ञानज्योती माबि द्वितिय र गोरखा मावि तृतीय, उसु थाओलु छात्रमा ज्ञानज्योतिका निश्चल केसी, छात्रामा सहिद स्मृतिका अनु बुढा, सान्सौ छात्रमा सहिद स्मृति माबिका सिमसन रावत र छात्रा सहिद स्मृतिकै सदिक्षा कठायत उत्कृष्ट खेलाडी भए । तेक्वान्दो खेलमा मावि कालाखोला प्रथम, ज्ञानज्योती मावि द्वितिय र गोरखा मावि तृतीय भए । तेक्वान्दो छात्रमा मावि कालाखोलाका आयुव सुनार र छात्रामा कालाखोलाकै जेनिशा पुन उत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै मार्चपासतर्फ डिभाइन टेम्पल एकेडेमी तुलसीपुर प्रथम, जनकल्याण मावि दुधरास द्वितिय र ज्ञानज्योती मावि तुलसीपुर तृतीय भए । प्रतियोगिताको समापन समारोह तुलसीपुर–१४ का अध्यक्ष तथा बालमितेरी माबि भोजपुर बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शंकर खड्काको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको भएको थियो ।
त्यसअवसरमा रनिङ शिल्ड बिजेता उपबिजेता,तृतीयलगायतका स्थान हासिल गर्ने बिद्यालय, खेलाडीलाई शिल्ड, ट्रफी मेडल, तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता अवधिभर निर्णायकको भुमिका निर्वाह गर्ने निर्णायक, प्रतियोगितालाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सहयोगीदादा, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्रतियोगिताका विभिन्न उपसमितिलगायतलाई सम्मान तथा प्रसंशा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा तुलसीपुर–१६ का अध्यक्ष शिवानन्द डागी, तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख चक्र भण्डारी, शिक्षा अधिकृत मनबहादुर खड्का, बालमितेरी मावि भोजपुरका प्रधानाध्यापक रिताकुमारी न्यौपाने, बालमितेरी मावि शिक्षक अभिभावक संघका अध्यक्ष लोकेन्द्र गिरी, बालमितेरी माविका जग्गादाता समासेवी शिव रेग्मी, रेडक्रसका राममणी शर्मा, समाजसेवी जुठिलाल चौधरी लगायतले ट्रफी मेडल तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक रेशम वलीले गरेका थिए ।
