
Gsbus
Pbu
Rbs
Jsbus
Amb
Csbus
dsbus
Ratbs
Ddhbs
Gsl
Nssbus7
Ssbus
gms
Bksbus5

Tsm
Asm
Ggd
Gst
Ssm
Vor
Rsb
Ksm
Bbu
Sbs
Sls
Wsp
Hal
Rgu
nsb
Rgs
Pvg
Rgu
Bbbpu

sab
Rmb
Jmb
Bml
Pls
Mks
Rpp
Syp
bbt
Jmb
Abd
Gsb
Ptm
दाङ । संस्थागत विद्यालय समन्वय समिति राजपुरले
दुई स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको छ । समितिले बसन्तपञ्चमी (सरस्वती पूजा) को अवसरमा राजपुर-५ जङ्ग्रहवा र राजपुर-२ बेला चोकमा बुधबार जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरेको हो ।
संस्थागत विद्यालय समन्वय समिति राजपुरका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षता तथा राजपुर-५जङ्ग्रहवा निवासी स्थानीय समाजसेवी भोगेन्द्रसिङ राजपुतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको समितिले जनाएको छ ।
समितिका सचिव युवराज केसीद्वारा संचालित कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट गढवाका अर्विन चौधरी,अस्थायी प्रहरी पोष्ट चंगुवाका प्रदेशु चौधरी आमन्त्रित अतिथिहरु राजपुर-२ का वडा सदस्य गणेश चौधरी , समाजसेवी भुपेन्द्र ओली,समितिका सदस्य उमा भण्डारी,उमाकान्त यादव,सदस्य विद्यालयका शिक्षक,विध्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजपुतले यो कार्य निकै राम्रो भएको बताए । उनले आगामी दिनमा पनि यसैगरी सामाजिक कार्यमा निरन्तरता दिन समितिलाई राजपुतले सुझाव दिए ।
बसन्तपञ्चमीको अवसर पारी सामाजिक कार्य गरिएको समितिका अध्यक्ष टोपेन्द्र खनालको भनाई रहेको छ । राजपुर गाउँपालिकामा रहेका चार संस्थागत विद्यालय फेमिली प्याराडाईज इ. बो. स्कुल (मटेरिया),देउखुरी ग्रीन ल्याण्ड इङलिस बोर्डिङ स्कुल बेला,राजपुर हिमालय इङलिस बोर्डिङ स्कुल चंगुवा र बुद्ध किरण इङलिस बोर्डिङ स्कुल गंगदीको आर्थिक लगानीमा उक्त कार्य सम्पन्न भएको समितिले जनाएको छ ।
