
Rbs
Mbdvs
Sds
mbd
Gisld
Pbu

Ggd
Rgs
Rsb
Ksm
Pvg
Bbbpu
Sls
Tsm
Rgu
Ssm
Gst
Sbs
Asm
nsb
Hal
Bbu
Vor
Rgu
Wsp

bbt
Mks
Rmb
Ptm
Abd
Gsb
Jmb
Jmb
Bml
Syp
sab
Rpp
Pls
दाङ । बुढ्यौली उमेर,गरिव छ जिन्दगी । न काम गर्ने ताकत छ नत कसैको भरोसा नै । उमेर पाक्दै जाँदा समाज तथा परिवारबाट तिरस्कृत भईरहेको उदाहरण थुप्रै छन् । डाँडा पारीका घाम भएपनि मनका ईच्छा आकांछ्या भने यथावत छन् । उहाँहरुका लागि सरकारले दिने बृद्द भत्ता दुई चार हजार त हो, त्यतीले मात्रै सबै आबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुंदो हो ।
तिनै बृद्दबृद्दा दाङको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा बुधवार एकैचोटी भेला भए । सबैले एक अर्काको अनुहार हेर्दै दुख-सुख साट्ने अबसर पाए । हुन त सबैका सँघर्षका जीवन सकिनै आँटेका छन । केही गर्छु भन्दापनी उमेरले नेटो काटिसक्यो । अबको जिउने आधार छोराछोरीको भरोसा न हो ।
तिनै बृद्दबृद्दाको लागि अर्को छोराछोरी बनेर जन्मियो लमही-७ नम्बर वडा कार्यालय । वडा कार्यालयले बुधबार वडा अन्तरगतका १ सय ३५ जना बृद्दबृद्दा हरुलाई फलफुल, प्रमाणपत्र सहित दोसल्ला ओडाउँदै नगदले सम्मान गरेको छ । वडा कार्यालयको ४ लाख रुपैयाँ खर्च गरेर प्रतिब्यक्ती १ हजार ८ सय ३५ रुपैया नगद हस्तान्तरण गर्दै सम्मान गरिएको हो ।
फलफुल प्रमाणपत्र सहित नगद नै पाएपछि बृद्दबृद्दा हरुको उदास मुहार चमकले भरियो । हसनापुर निवासी ७६ बर्षिय शिवनारायण चौधरीले प्रत्यक साल फरक-फरक कार्यक्रम गरि आफुहरुलाई सम्मान गरेकोमा खुसी ब्यक्त गर्नु भयो । “पहिले सिरक डसना पाईन्थ्यो अहिले त नगद सहित अनेक थरी पो पाईयो चौधरीले भन्नु भयो । आबस्यक्ता सम्झिएर नगद प्रदान गर्ने वडाध्यक्षलाई धेरै धेरै धन्याबाद छ ।”
लमही-७ मा जनप्रतिनिधि बनेर मोहन गिरी आईसकेपछी वडाका बिकाश सँगसँगै जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता ब्यक्तित्व,दलित तथा पिछडिएका बर्गहरुलाई विभिन्न कार्यक्रम गरि सम्मान गरिँदै आईरहेको छ । गत बर्ष समय सापक्ष तातो सिरक डसनाले सम्मान गरिएको थियो भने अहिले आबस्यक्ता पुर्तिका लागि नगद हस्तान्तरण गरि सम्मान गरिएको हो ।
वडाध्यक्ष मोहन गिरीले बृद्द आमा बुवालाई नगद हस्तान्तरण गर्दै ज्येष्ठता,उमेरको अङ्कगणित मात्र नभएर अनुभवको ज्यामिति भएकाले सबैले सम्मान गर्नुपर्ने बताउनु भयो । मानिस प्राणीका रूपमा जन्मन्छ र मर्दा मानिस हुन्छ । उहाँहरुले यसक्रममा सामाजिकीकरणका विविध यात्रा तय गर्नु भएको हुन्छ,वडाध्यक्ष गिरीले भन्नु भयो । ज्येष्ठ नागरिक त्यसैले अनुभवका खानी हुनुहुन्छ ।
बृद्द आमा बुवाकै कारण आफू यस स्थानमा रहेको स्मरण गर्दै अध्यक्ष गिरीले बृद्द आमा-बुवाको रोगसँग लड्न सक्ने क्षेमता अभिबृद्दी गर्न फलफुल बितरण गरेको बताउनु भयो । समाज सहित परिवारकै तिरस्कृतको सिकार बनिरहेका बृद्द आमाबुवालाई सम्मान गर्नुपर्ने धारणा श्रृजना गर्न प्रमाणपत्र सहित नगदले सम्मान गरिएको उहाँले बताउनु भयो । “हाम्रा आमाबुवालाई बाहिरकाले सम्मान गरे, त्यसको खिलाप झन हामिले गर्नुपर्छ भन्ने पर्नसक्छ गिरिले भन्नु भयो । यही सन्देश छोराछोरी सम्म प्रबाहका लागी सम्मान गरेका हौँ ।”
वडा अध्यक्ष मोहन गिरिको अध्यक्षतामा कार्यक्रम भएको हो । वडा सदस्य तथा कार्यपालिका सदश्य राधा केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिब शेर बहादुर चौधरीले गर्नु भएको थियो । बाँकि रहेका बृद्द आमा बुवालाई सम्मान सामाग्री सहित घरघरमै गएर सम्मान गरिने वडा कार्यालयले बताएको छ ।
कार्यक्रममा कोरोना महामारीका समयमा राहात प्रदानका लागि नगद सहयोग गर्ने ब्यक्ति तथा संघसँस्था हरुलाई प्रमान पत्र सहित दोसल्ला तथा फुलमालाले सम्मान गरिएको थियो । सम्मानित हुनेमा क्रमश ६० हजार, ५५ हजार, ५१ हजार राहात स्वुरुप नगद हस्तान्तरण गर्ने कर्रि सामुदायिक बन बनघुस्री,नवशान्ती सामुदायिक बन हसनापुर र स्वर्गद्वारी हरियाली सामुदायिक बन बन्गै सम्मानित भएका हुन । त्यस्तै क्रमश १३ हजार ३ सय ५५, २ हजार ६ सय ६५ रुपैया सहयोग गर्ने भिम बहादुर पुन र पार्बती बुढा मगरलाई पनि सम्मान गरिएको थियो ।
