Sidha Patra बुधबार, फाल्गुण १९, २०७७

दाङ । राप्ती गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणको लागि विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको छ । आगामी शैक्षिकसत्र देखी स्थानीय पाठ्यक्रम लागु गर्ने गरि तयारी स्वरुप विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको हो ।

गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक,वडा अध्यक्ष,क्रियाशिल राजनैतिकदलका प्रतिनिधि सहभागी रहेको कार्यशालामा शिक्षा युवा तथा खेलकुद शाखा संयोजक बिश्वास विकले कार्यपत्र प्रस्तुत गरेका थिए । सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यशालामा आगामी शैक्षिक सत्रलाई लक्षित गरि स्थानीय पाठ्यक्रम निर्माण गरिने योजना बनाईएको छ ।

पहिलो दिन स्थानीय पाठ्यक्रम निर्माणका लागि बिषय बस्तु छनौट सम्वन्धी कार्यविधि २०७७ को आधारमा स्थानीय तहमा पाठ्यक्रम निर्माणका लागि अभ्यास गरिएको छ भने आगामी २ थप दुई दिन विषय विज्ञ तथा स्थानीय पाठ्यक्रम निर्माण विज्ञ सहितको कार्यशाला गरिने भएको छ ।

स्थानीय पाठ्यक्रमको अवधारणा,स्थानीय पाठ्यक्रमको सन्दर्भ,स्थानीय पाठ्यक्रमको सिद्धान्त, स्थानीय पाठ्यक्रमको सन्दर्भमा अन्तराष्ट्रिय परिदृष्य, स्थानीय पाठ्यक्रमका तत्व तथा मान्यता, स्थानीय पाठ्यक्रम निर्माणका सैद्धान्तिक आधार, स्थानीय पाठ्यक्रमको विकास, निर्माण र कार्यान्वयनका चुनौती,स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको औचित्य, स्थानीय पाठ्यक्रमको ढाँचाका बारेमा कार्यशालामा छलफल गरिएको युवा तथा खेलकुद शाखा युवा तथा खेलकुद शाखा शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनु भएको हो ।

विश्वव्यापी रूपमा सोच देखी स्थानीय रूपमा कार्यान्वयनमा ल्याऊ भन्ने मध्यमार्गी,समन्वयकारी अवधारणालाई मुर्त रूप दिनका लागि स्थानीय पाठ्यक्रमको आवश्यकता रहेका र गुणस्तरीय शिक्षाको महत्वपुर्ण आयामको रूपमा पाठ्यक्रमका विषय वस्तुलाई सान्दर्भिक गराउनपर्ने साथै विभिन्न स्थानीय,साँस्कृतिक, सामाजिक स्थानीय पाठ्यक्रम निर्माणको कार्यलाई प्रोत्साहन गर्न स्थानीय पाठ्यक्रम कार्यान्वयनको आवश्यक रहेको बताईएको छ ।

स्थानीय पाठ्यक्रम निर्माणका सवालमा धेरै बाधा व्यबधानहरू आइपर्ने र तीनको समाधानका लागि प्राविधिक,विशेषज्ञ,शिक्षाविद्,शिक्षक,शैक्षिक सामग्री आदिको समुचित प्रयोग र परिचालन आवश्यक रहेको समेत कार्यशालामा जानकारी गरिएको छ ।

कार्यशालामा स्थानीय पाठ्यक्रम विकास गर्दा राप्ती गाउँपालिकामा आवश्यकता पहिचान गरि स्थानीय तहका सरोकारवाला,विज्ञ,कुन कुन विषयमा स्थानीय तहको पाठ्यक्रम विकास गर्न सकिन्छ,सो कोआधार,आवश्यकता पहिचान गर्ने क्षेत्रहरु,सबैभन्दा बढी व्यक्तिले चाहेको र स्थानीय आवश्यकताको विषय, व्यवसायिक तथा गैह्र व्यावसायिक क्षेत्रलाई जोड दिईने भएको छ । सक्षमता निर्धारण गर्दा वैज्ञानिक,मापनयोग्य, विश्वसनियता, उपलब्धिमुलक र समयसीमाभित्र शिक्षण गर्न सकिने गरी तयार गरि विद्यार्थीको उमेर,अवस्था,बाल मनोविज्ञान, सिकाईस्तर,कक्षातह,विषयवस्तुको प्रकृति,स्रोत र साधनको उपलब्धता र उपयोग जस्ता कुराहरुलाई ध्यान दिईने शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनु भयो ।

कक्षागत सिकाई उपलब्धी निर्धारण सक्षमता निर्धारण गरीसकेपछि सक्षमता प्राप्त गर्न कक्षागत सिकाई उपलब्धी निर्धारण गर्दा स्थानीयस्तरका विषयवस्तुसँग मेल खाने गरि क्रियापद विशिष्ट किसिमको प्रयोग गरिने र विद्यार्थीको उमेर, बालमनोविज्ञान,समुदाय,स्थानीय स्रोत र साधनको उपलब्धतालाई मध्यनजर गरिने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]