
Lks
Ggp
ksb
Jns
Dus
Asb
Rgp
Ggp
Rgp
Lnp
Usb
lnp
Rgp
Rgp
Sgp

lms

दाङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
दाङ क्षेत्र नम्बर १ लमहीमा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले स्वतन्त्र रुपमा मनोनयन पत्र दर्ता गराएका हुन् । पार्टीले सो क्षेत्रमा मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट भएका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
त्यस्तै उम्मेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब समग्र विकासमा साझा नेतृत्वको रुपमा आफूले योगदान गर्न चाहेको बताए ।
चौधरीले टिकट पाउने थाहा पाएपछि केसीले स्वतन्त्र उम्मेदवारी दिने दुई दिनअघि नै चेतावनी दिएका थिए । केसी २०७४ मा रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । २०७९ मा भने उनले टिकट पाएका थिएनन् ।अनलाइनखवर
