
Dus
Rgp
Jns
lnp
Rgp
Ggp
Rgp
Lnp
Usb
Sgp
Lks
Rgp
Asb
ksb
Ggp

lms

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । थापाले सर्लाही ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
सभापति थापाकाे वारेस मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंह हुन् । पार्टीका अन्य उम्मेदवारलाई टिकट बाँड्नुपर्ने दबाबका कारण सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । यस अघिका निर्वाचनमा काठमाडौँ ४ बाट उम्मेदवार बन्दै आएका थापा यो पटक मधेस झरेर सर्लाही ४ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
