
lnp
Asb
Lnp
Jns
Sgp
Ggp
ksb
Rgp
Rgp
Ggp
Rgp
Usb
Lks
Rgp
Dus

lms

दाङ । निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका सह-महामन्त्री योगेन्द्र चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै मनोनयन दर्तापछि आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले काङ्ग्रेस दाङ–१ का आधिकारिक उम्मेदवार योगेन्द्र चौधरीलाई अत्यधिक मतले विजयी गराउन महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सम्पूर्ण नेता– कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा पार्टीका नेता,कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । निर्वाचनलाई लक्षित गर्दै उत्साहपूर्ण वातावरणका बीच मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
