
Pbu
Jsbus
Amb
dsbus
Ddhbs
Gsbus
Nssbus7
Ssbus
Bksbus5
Rbs
Ratbs
Csbus
gms
Gsl

Bbu
Sbs
Tsm
Hal
Vor
Wsp
Rgu
Gst
Pvg
Ggd
Rgu
nsb
Ksm
Rsb
Sls
Rgs
Bbbpu
Asm
Ssm

Rmb
Syp
sab
Gsb
Rpp
Ptm
Jmb
Pls
Mks
Bml
bbt
Jmb
Abd
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ ।
दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।
त्यस्तै बैठकमा निर्वाचन आयोगबाट आधिकारिकता टुंग्याउनका लागि नागरिकता सहित केन्द्रीय सदस्यहरुलाई आयोगमा उपस्थित गराउन यो समूहले तयारी पनि गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने प्रचण्ड-माधव समूहको माग रहेको छ ।
तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्न लागेको हो । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।
