Sidha Patra बुधबार, फाल्गुण १९, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ ।

दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

त्यस्तै बैठकमा निर्वाचन आयोगबाट आधिकारिकता टुंग्याउनका लागि नागरिकता सहित केन्द्रीय सदस्यहरुलाई आयोगमा उपस्थित गराउन यो समूहले तयारी पनि गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने प्रचण्ड-माधव समूहको माग रहेको छ ।

तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्‍ने भन्‍ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्‍न लागेको हो । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]