
nsm
Sssbus1
Ssbus
Ssbus
ssbus
Gsl
tssbus
Ssbus
Pbu
Sssbus1

Sbs
Pvg
Bbu
Asm
Rgs
Ssm
Wsp
Rgu
Hal
Rsb
nsb
Bbbpu
Vor
Gst
Ksm
Sls
Tsm
Ggd
Rgu

Rpp
bbt
Mks
Syp
Bml
Gsb
Abd
Jmb
Pls
Rmb
Ptm
sab
Jmb
दाङ । लमही नगरपालिकाको आठौँ नगर सभा लमहीमा सम्पन्न भएको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०७७÷०७८ मा वार्षिक बजेट ८८ करोड ७१ लख ४२ हजार ३ सय ६० रुपैयाँ मध्ये १५ करोट ३३ लाख ३ हजार ९ सय ३१ रुपैयाँ ३२ पैसा खर्च भएको छ । यो खर्चको कुल १७ दशमलव २८ प्रतिशत हो ।
नगरसभामा उपप्रमुख देवका बेल्वासेले चालु आर्थिक वर्षको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पुँजीगत खर्चको अवस्था कमजोर छ । ४१ करोड ७७ लाख ५७ हजार ९ सय ४९ रुपैयाँ बजेट मध्ये ४७ लाख ८६ हजार ४ सय ६० रुपैयाँ माधै खर्च भएको छ । जुन खर्चको ११ दशमलव ४६ प्रतिशत मात्र हो । यस्तै वार्षिक चालु बजेट ४६ करोड ९३ लाख ८४ हजार ४ सय ११ रुपैयाँ भएकोमा १० करोड ५४ लाख ४१ ह्जार ४ सय ७१ रुपैयाँ खर्च भएको छ । जुन खर्चको २२ दशमलव ४६ प्रतिशत हो ।
कोभिड १९ का कारण राजश्व संकलनमा समेत गिरावट आएको छ । ११ करोड ६२ लाख ५० हजार राजश्व संकलनको लक्ष्य थियो । तर अहिले सम्म २ करोड ७० लाख ८२ हजार ७ सय ११ रुपैयाँ संकलन भएको छ । जुन लक्षयको २३ दशमलव २९ प्रतिशत हो । कार्यक्रम नगरप्रमुख कुलबहादुर केसीको अध्यक्षतामा भएको थियो । 

