
jms
jmb
Bpb
Ppu
gms
Rg-9
smb
Gsbus
Ssbus
Asm
Sys

Ln1
Gg1
Rys
Tsb
Sbs
bmj
kbs
cks
Ln2
Ssb
Usb
Gsb
Ln8
Ln7
Gg5
Asm
Ln3
Hl1
Ln9
Dps

Sml
Sbs
Gjl
Rss
Nps
Sab
Ksb
ptl
Gg4
Jab
Gg3
Gg2
Rgu
Snk
Gg6
Bpb
Jpb
दाङ । लमही नगरपालिकाको आठौँ नगर सभा लमहीमा सम्पन्न भएको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०७७÷०७८ मा वार्षिक बजेट ८८ करोड ७१ लख ४२ हजार ३ सय ६० रुपैयाँ मध्ये १५ करोट ३३ लाख ३ हजार ९ सय ३१ रुपैयाँ ३२ पैसा खर्च भएको छ । यो खर्चको कुल १७ दशमलव २८ प्रतिशत हो ।
नगरसभामा उपप्रमुख देवका बेल्वासेले चालु आर्थिक वर्षको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पुँजीगत खर्चको अवस्था कमजोर छ । ४१ करोड ७७ लाख ५७ हजार ९ सय ४९ रुपैयाँ बजेट मध्ये ४७ लाख ८६ हजार ४ सय ६० रुपैयाँ माधै खर्च भएको छ । जुन खर्चको ११ दशमलव ४६ प्रतिशत मात्र हो । यस्तै वार्षिक चालु बजेट ४६ करोड ९३ लाख ८४ हजार ४ सय ११ रुपैयाँ भएकोमा १० करोड ५४ लाख ४१ ह्जार ४ सय ७१ रुपैयाँ खर्च भएको छ । जुन खर्चको २२ दशमलव ४६ प्रतिशत हो ।
कोभिड १९ का कारण राजश्व संकलनमा समेत गिरावट आएको छ । ११ करोड ६२ लाख ५० हजार राजश्व संकलनको लक्ष्य थियो । तर अहिले सम्म २ करोड ७० लाख ८२ हजार ७ सय ११ रुपैयाँ संकलन भएको छ । जुन लक्षयको २३ दशमलव २९ प्रतिशत हो । कार्यक्रम नगरप्रमुख कुलबहादुर केसीको अध्यक्षतामा भएको थियो । 

