
Ddhbs
syysr
Pbu
Gsl
Csbus
Ratbs
Rbs
Nssbus7
Amb
dsbus
Ssbus
Jsbus
Gsbus
gms
Bksbus5
Syees

Asm
Rgu
nsb
Rgs
Wsp
Gst
Ggd
Bbu
Sls
Bbbpu
Sbs
Pvg
Rgu
Tsm
Rsb
Ksm
Ssm
Vor
Hal

Bml
Rmb
Abd
Rpp
Jmb
Syp
Gsb
Jmb
sab
Mks
Ptm
bbt
Pls
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् ।
देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिए । देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफ्नो निवास महाराज गन्जमा गुटको बैठक बोलाएका थिए ।
त्यस्तै आकस्मिक बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे र डा.मिनेन्द्र रिजाल पुगेका हुन् । देउवा गुटको तर्फबाट कार्यवाहक पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाश शरण महत लगायतका नेताहरु सहभागी छन् ।
यस्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नेतृत्व चयनसहितको कार्यविधि पारित गरिएपछि देउवा आगामी रणनीति बनाउन ढलफलमा जुटेको बताइएको छ। देउवा गुट विशेष महाधिवेशनको विपक्षमा छ । तर बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनलाई साथ दिएका छन् । विशेष पक्षधर महाधिवेशनमा भने दुई प्रतिवेदन समेत पेश भइसकेको छ । जसमाथि अहिले समूहगत छलफल हुँदैछ ।नेपाललाइभ
