Sidha Patra शुक्रबार, पुष २५, २०८२

कैलाली । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई लक्षित गरेर बिहीबार कैलालीमा नेपाल–भारत सुरक्षा अधिकारीबिच छलफल भएको छ ।

दुई देशका सीमावर्ती क्षेत्रका उच्च सुरक्षा अधिकारी सहभागी बैठकमा निर्वाचन सुरक्षासँगै सीमा सुरक्षा र अपराध नियन्त्रणका विषयमा छलफल भएको हो । अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न सहकार्य गरेर जाने सहमति भएको बैठकमा सहभागी सुरक्षा अधिकारीले बताएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चुनावमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सीमावर्ती भारतीय क्षेत्रका सुरक्षा नेतृत्वसँग छलफल गरिएको बताए । ‘विशेषगरी प्रतिनिधिसभा चुनावलाई लिएर खुला सिमानाका कारण विभिन्न समस्या हुन सक्छन्, चुनावका वेला नाका सिल गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘त्यस्ता समस्या हुन नदिन आपसी समन्वयलाई थप प्रभावकारी बनाउने सहमति भएको छ ।’ सीमा सुरक्षा अधिकारीको बैठक तीन–तीन महिनामा नियमित हुँदै आएकोमा यसपालि चुनावलाई लक्षित गरेर बैठक भएको हो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी रेग्मीले भारतसँग लामो खुला सिमाना रहेकाले चुनावका वेला सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीले सूचना आदानप्रदान जस्ता विषयमा सहकार्यलाई प्रभावकारी बनाउने, समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]