
Jsbus
Rbs
gms
Bksbus5
syysr
Amb
Gsl
Pbu
Csbus
Ddhbs
Nssbus7
Ratbs
Gsbus
Ssbus
dsbus
Syees

Rgu
Tsm
Asm
Rgu
Pvg
Bbbpu
Vor
Rsb
Ssm
Sls
Bbu
Hal
nsb
Rgs
Sbs
Wsp
Ggd
Ksm
Gst

Jmb
Pls
sab
bbt
Ptm
Abd
Rmb
Gsb
Mks
Jmb
Rpp
Syp
Bml
कैलाली । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई लक्षित गरेर बिहीबार कैलालीमा नेपाल–भारत सुरक्षा अधिकारीबिच छलफल भएको छ ।
दुई देशका सीमावर्ती क्षेत्रका उच्च सुरक्षा अधिकारी सहभागी बैठकमा निर्वाचन सुरक्षासँगै सीमा सुरक्षा र अपराध नियन्त्रणका विषयमा छलफल भएको हो । अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न सहकार्य गरेर जाने सहमति भएको बैठकमा सहभागी सुरक्षा अधिकारीले बताएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चुनावमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सीमावर्ती भारतीय क्षेत्रका सुरक्षा नेतृत्वसँग छलफल गरिएको बताए । ‘विशेषगरी प्रतिनिधिसभा चुनावलाई लिएर खुला सिमानाका कारण विभिन्न समस्या हुन सक्छन्, चुनावका वेला नाका सिल गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘त्यस्ता समस्या हुन नदिन आपसी समन्वयलाई थप प्रभावकारी बनाउने सहमति भएको छ ।’ सीमा सुरक्षा अधिकारीको बैठक तीन–तीन महिनामा नियमित हुँदै आएकोमा यसपालि चुनावलाई लक्षित गरेर बैठक भएको हो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी रेग्मीले भारतसँग लामो खुला सिमाना रहेकाले चुनावका वेला सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीले सूचना आदानप्रदान जस्ता विषयमा सहकार्यलाई प्रभावकारी बनाउने, समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको बताए ।
