
Nssbus7
dsbus
Pbu
Ddhbs
Ratbs
Amb
Gsbus
Jsbus
Ssbus
gms
Csbus
Rbs
Bksbus5
Gsl

Ssm
Gst
nsb
Bbu
Ggd
Rsb
Hal
Bbbpu
Pvg
Wsp
Ksm
Tsm
Rgu
Vor
Rgs
Rgu
Asm
Sls
Sbs

Jmb
Abd
Mks
sab
Syp
bbt
Bml
Ptm
Pls
Gsb
Rmb
Rpp
Jmb
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा सरस्वती माध्यमिक विद्यालय काठेकोलका विद्यार्थीहरुलाई बिपत ब्यवस्थापन तथा बिबिध तालिम दिइएको छ ।
भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङको संयोजमा भएको कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय काठेकोलमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई समसामयिक ब्यवहारिक बिषयमा जानकारी गराइएको थियो ।
वडा अध्यक्ष रमेशकुमार पाण्डेको सभापतित्व एवं विद्यालयका प्रधानाध्यापक खिमप्रकाश पुरिको प्रमुख आतिथ्यता र सहायक प्रधानाध्यापक प्रकाश डागीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा अध्यक्ष पाण्डेयले बिपत एकाएक आउने बिषय भएकोले विद्यार्थी मार्फत समाजमा बिपतबाट नागरिकलाई जोगाउने उद्देश्यले सचेततामूलक कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा ग्यास सिलिन्डर लिक भएर हुने आगलागीबाट बच्ने उपाय,फायर एस्टिङ गुइसर अग्नि नियन्त्रक उपकरणको प्रयोग,आगलागी नियन्त्रण गर्दा अपनाउने सावधानी,बाढिबाट बच्ने उपाय,पौडी खेल्दा लगाइने लाइभ ज्याकेटको प्रयोग र महत्त्व, डुवेको मानिसलाई उद्दार गर्ने तरिका, डुङ्गा डुब्दा गरिने उद्दारको कार्य लगाएतका बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङका अध्यक्ष लिलाधर बस्नेतले समाज देखिएका बिपतका घटनाबारे जानकारी दिन र यसबाट बचाउनका सचेततामूलक कार्यक्रम विद्यालयमा गरिएको बताए । उनले सचेनामूलक यस्ता कार्यक्रम घोराही उपमहानगरपालिकाका धेरै विद्यालयमा लैजाने बताए ।
कार्यक्रममा भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङका अध्यक्ष लिलाधर बस्नेत,सचिव तिर्थराज पाण्डेय,कोषाध्यक्ष घनश्याम गिरि,सदस्यहरु धनिराम चौधरी,हेमन्त थापा,बिमल मगर,राम बहादुर चौधरी, मनोज डागी,मनजित बुढा,बिकास बस्नेत लगायतका प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण केन्द्रका सदस्य बिशाल बिष्टले गरेका थिए ।
