
Syees
Csbus
Pbu
Ssbus
gms
Ddhbs
Ratbs
Nssbus7
Gsbus
Rbs
Bksbus5
Amb
Jsbus
Gsl
dsbus
syysr

Pvg
Hal
Bbbpu
Sls
Gst
Rgs
Rsb
Ggd
Rgu
Rgu
nsb
Tsm
Ksm
Vor
Sbs
Bbu
Ssm
Wsp
Asm

Abd
Jmb
Ptm
sab
Rmb
Mks
Gsb
Pls
Bml
Rpp
bbt
Jmb
Syp
दाङ । नेपाली काङ्ग्रेसले लुम्बिनी प्रदेशबाट बासुदेव जंगली घिमिरेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उनलाई अपाङ्गता क्लस्टरबाट उम्मेदवारका रूपमा अघि सारिएको हो । घिमिरे दाङको लमही नगरपालिका वडा नम्बर- १,का निवासी हुन् । उनी नेपाली काङ्ग्रेसका पुराना र संघर्षशील नेता मानिन्छन्। उनले पार्टीका विभिन्न तहमा रहेर लामो समयदेखि संगठन निर्माण र राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
यस्तै घिमिरेको राजनीतिक यात्रा २०२९ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो। त्यसपछि उनी तरुण दलमा सक्रिय भए। २०४० सालमा नेपाली काङ्ग्रेसको जिल्ला सदस्य बनेका उनी अञ्चल तहमा समेत पार्टी जिम्मेवारीमा रहेर काम गरेका छन् । उनले तरुण दलको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्।
यसैगरी,घिमिरे बनासर क्षेत्रमा नेविसंघ अध्यक्ष बनेर संगठन विस्तारमा महत्वपूर्ण योगदान दिएका थिए। उनी नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति समेत भइसकेका छन् । निरन्तर राजनीतिक संघर्ष,संगठन निर्माण र पार्टीप्रतिको प्रतिबद्धताका कारण घिमिरे काङ्ग्रेसभित्र एक संघर्षशील र अनुभवी नेताका रुपमा परिचित रहेका छन् ।
