Sidha Patra मंगलबार, पुष २२, २०८२

दाङ । पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन लागेको विप्लव नेतृत्वको नेकपा (माओवादी) ले दाङका तिनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीले दाङका ३ वटै निर्वाचन क्षेत्रमा एकल सिफारिस गरेको हो । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीलाई एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको छ।

उनी अखिल (क्रान्तिकारी)का निवर्तमान अध्यक्ष समेत हुन् । भ्रष्टाचार बिरोधि अभियान्ता शाही देउखुरी क्षेत्रका ऊर्जाशील युवा नेताका रुपमा परिचित रहेका छन् । राजनीति शास्त्रमा एमफिल उत्तीर्ण शाही हाल धानखोला–लमही चारलेन सडक संघर्ष समितिको संयोजकका रुपमा अभियान सञ्चालन गरिरहेका छन् ।

त्यसैगरी,दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट लामो समयदेखि पार्टीको केन्द्रीय सदस्यका रुपमा सक्रिय बालकृष्ण पोखरेल (सविन) लाई एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको छ । दाङ जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हालिरहेका सविन यस क्षेत्रका अनुभवी र परिचित नेतामध्य पर्छन् ।

त्यस्तै पार्टीले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका पोलिटब्युरो सदस्य बलबहादुर वली (शीतल) लाई पनि एकल उम्मेदवारका रुपमा अघि सारेको छ । माओवादी जनयुद्धकालदेखि नै भूमिगत तथा सक्रिय राजनीतिमा संलग्न शीतललाई पार्टीले अनुभवी नेतृत्वका रुपमा विश्वास गर्दै सिफारिस गरेको हो ।

पहिलो सहभागितामै तीनै क्षेत्रमा एकल उम्मेदवार सिफारिस गर्ने माओवादीको निर्णयलाई राजनीतिक वृत्तमा सकारात्मक रुपमा हेरिएको छ। स्पष्ट उम्मेदवारी,अनुभव र संगठनात्मक बलका आधारमा माओवादीले दाङमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने संकेत दिएको विश्लेषण गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]