
Dus
Rgp
Jns
Ggp
ksb
Usb
Rgp
Lks
Lnp
Ggp
Rgp
Sgp
Asb
Rgp
lnp

lms

अर्घाखाँची । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । पूर्व पार्टी सचिव टोपबहादुर रायमाझी,जिल्ला अध्यक्ष पिताम्बर भुसाल,बिजुला रायमाझी,वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो ।
एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी रुपमा अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ ।
