
Ratbs
Csbus
Nssbus7
Ssbus
Ddhbs
Gsbus
dsbus
Jsbus
Pbu
gms
Amb
Gsl
Rbs
Bksbus5

Rgu
Gst
Sbs
Sls
Rgu
Ssm
Pvg
Bbu
Rgs
Rsb
Bbbpu
Hal
Tsm
Ksm
Asm
nsb
Vor
Wsp
Ggd

Rpp
Rmb
Ptm
bbt
Abd
Syp
Bml
Jmb
sab
Pls
Jmb
Mks
Gsb
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दाङले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्ने भएको छ ।
दाङ शाखाले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्थापना दिवसका अवसरमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएको हो ।
प्याब्सन दाङले शिक्षा क्षेत्रमा निजी तथा आवासीय विद्यालयहरुको साझा प्रतिनिधि संस्थाका रुपमा गुणस्तरीय शिक्षा,पहुँच विस्तार र शैक्षिक नवप्रवर्तनमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको जनाएको छ । संस्थाले निजी विद्यालयहरुलाई सशक्त बनाउँदै सरकारी विद्यालयसँग सहकार्य गरी समग्र शैक्षिक विकासमा योगदान पुर्याउँदै आएको दाबी गरिएको छ ।
प्याब्सन दाङको स्थापना ३५ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा पुगेको उल्लेख गर्दै यो केवल वार्षिकोत्सव मात्र नभई जिल्लाको शैक्षिक विकासमा निजी विद्यालय क्षेत्रको भूमिका, प्रतिबद्धता र योगदानको पुनःपुष्टि हुने अवसर भएको बताइएको छ ।
स्थापना दिवसको अवसरमा यहीँ पुस २२, २३ र २४ गते विभिन्न कार्यक्रम आयोजना गरिने निर्णय गरिएको छ । पुस २२ गते प्याब्सन दाङअन्तर्गतका नगर कमिटीहरुको सक्रियतामा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ । यसअन्तर्गत नगर समिति,घोराही नगर समिति, तुलसीपुर नगर समिति,लमही नगर समिति,गढवा नगर समिति लगायतका समितिहरुको समन्वयमा सामाजिक उत्तरदायित्वका कार्यक्रम गरिने जिल्ला अध्यक्ष निर्मल न्यौपानेले जानकारी दिए ।
त्यसैगरी पुस २३ गते शिक्षा क्षेत्र र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले प्याब्सन दाङ र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा चित्र मेमोरी प्रतियोगिता आयोजना गरिने छ । पुस २४ गते स्थापना दिवसको मुख्य कार्यक्रममा दाङ जिल्लाको शैक्षिक अवस्थाबारे बहस,पुरस्कार तथा सम्मान कार्यक्रम,साथै औपचारिक समारोह आयोजना गरिने प्याब्सन दाङले जनाएको छ ।
यस्तै हाल प्याब्सन दाङअन्तर्गत १६५ वटा सदस्य विद्यालयहरु रहेका छन् । ती विद्यालयहरुले शिक्षा सेवाका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएको अध्यक्ष न्यौपानेको भनाई रहेको छ ।
