
Jsbus
gms
Rbs
Ssbus
Bksbus5
Csbus
Ratbs
Ddhbs
Gsl
Gsbus
Pbu
Nssbus7
Amb
dsbus

Ssm
Ksm
nsb
Asm
Wsp
Hal
Rgs
Sbs
Bbu
Bbbpu
Tsm
Gst
Ggd
Rgu
Rgu
Pvg
Rsb
Sls
Vor

Mks
Gsb
Rpp
Ptm
sab
Jmb
Bml
bbt
Pls
Jmb
Syp
Abd
Rmb
दाङ । देउखुरीको लमहीमा रहेकोे गुरुकुल एकेडेमी लमहीको कार्यकारी अध्यक्षमा कमलजंग सिंह ठकुरी नियुक्त भएका छन् ।
गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले शुक्रबार आज एक औपचारिक कार्यक्रमका बीच ठकुरीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् । शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत व्यवस्थापन सुदृढीकरण तथा गुरुकुल एकेडेमीलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले ठकुरीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष घिमिरेले बताए ।
नव नियुक्त अध्यक्ष ठकुरी देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिष्ठित व्यवसायीका रुपमा परिचित छन् । नियुक्तिपछि बोल्दै नवनियुक्त कार्यकारी अध्यक्ष ठकुरीले गुरुकुल एकेडेमीले बोकेको शैक्षिक मूल्य,संस्कार र अनुशासनलाई थप मजबुत बनाउँदै आधुनिक,प्रतिस्पर्धी र व्यवहारिक शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालय,अभिभावक, शिक्षक र विद्यार्थी बीचको सहकार्यलाई प्राथमिकतामा राखेर गुरुकुल एकेडेमी लमहीलाई नमूना शैक्षिक संस्था बनाउने लक्ष्य रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर घिमिरेले ठकुरीको नेतृत्व क्षमताले विद्यालयको व्यवस्थापन,शैक्षिक गुणस्तर र बाह्य सम्बन्ध विस्तारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । उनले व्यवसायिक क्षेत्रमा सफल नेतृत्व दिँदै आएका ठकुरीको अनुभव गुरुकुल एकेडेमीका लागि महत्वपूर्ण हुने उल्लेख गरे।
यस्तै गुरुकुल एकेडेमी लमहीका मार्केटिङ म्यानेजर सुदांश जिसीले ठकुरीको नियुक्तिले विद्यालयको समग्र विकासमा नयाँ ऊर्जा थपिएको जानकारी दिए । उनका अनुसार आगामी दिनमा शैक्षिक पूर्वाधार, विद्यार्थीमैत्री कार्यक्रम,आधुनिक प्रविधिको प्रयोग तथा समुदाय संगको सम्बन्धलाई अझ सुदृढ बनाउने योजना रहेको छ।
कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । गुरुकुल एकेडेमी लमहीले गुणस्तरीय शिक्षा,संस्कारयुक्त अध्ययन वातावरण र समग्र व्यक्तित्व विकासमा निरन्तर योगदान दिँदै आएको छ ।
