
Ssbus
Csbus
Ddhbs
Syees
dsbus
Jsbus
Gsl
Amb
Bksbus5
Gsbus
Rbs
gms
Ratbs
Nssbus7
syysr
Pbu

Vor
Ksm
Bbu
Wsp
Rgu
Gst
Tsm
Ggd
Asm
Rgs
Sls
nsb
Bbbpu
Sbs
Rgu
Hal
Pvg
Ssm
Rsb

Mks
sab
Jmb
Rpp
bbt
Rmb
Gsb
Abd
Bml
Ptm
Syp
Jmb
Pls
दाङ । नेपाली कम्युनिस्ट पार्टी निकट जेनजी रेडफोर्स नेपाल घोराही नगर कमिटी गठन गरिएको छ । मंगलवार जिल्ला रेडफोर्स दाङका संयोजक अर्जुन विश्वकर्माको अध्यक्षता तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यतामा नगर कमिटी गठन गरिएको हो।
त्यस्तै नगरको पहिलो भेलाबाट प्रतीक्षा पुन मगरको संयोजकत्वमा किरण नेपाली सह–संयोजक रहने गरी ५ सदस्यीय नगर कमिटी गठन गरिएको छ। जसको सदस्यहरुमा रेणु देवकोटा,सौरभ चौधरी, चप्परे चौधरी (कान्छा), बल्देव डाँगी र अमृता नेपाली रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि निर्मल आचार्यले युवा पुस्तालाई वैचारिक रुपमा संगठित गर्दै सामाजिक परिवर्तनको अभियानमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “जेनजी रेडफोर्स जस्तो संगठनले युवाहरुलाई सचेत, संगठित र परिवर्तनको अग्रपंक्तिमा उभ्याउने काम गर्ने विश्वास लिएको छु।”
त्यसैगरी अध्यक्ष अर्जुन विश्वकर्माले युवाहरुको सक्रिय सहभागिताले संगठनलाई थप बलियो बनाउने बताए । उनले भने, “युवाशक्ति नै समाज रुपान्तरणको मुख्य आधार हो । घोराही नगर कमिटी गठनसँगै यहाँको युवा आन्दोलनलाई नयाँ गति मिल्नेछ।”
त्यस्तै भेलामा नेताहरु सस्मति चौधरी,रामप्रसाद चौधरी, विश्वराज आचार्य,गजेन्द्र खड्का,खिमबहादुर चौधरी (अटल), अनिल शेर्पाइली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रेडफोर्स जिल्ला सह-संयोजक यज्ञबहादुर विश्वकर्माले गरेका थिए ।खोजरफ्तार
