Sidha Patra बुधबार, पुष १६, २०८२

दाङ । नेपाली कम्युनिस्ट पार्टी निकट जेनजी रेडफोर्स नेपाल घोराही नगर कमिटी गठन गरिएको छ । मंगलवार जिल्ला रेडफोर्स दाङका संयोजक अर्जुन विश्वकर्माको अध्यक्षता तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यतामा नगर कमिटी गठन गरिएको हो।

त्यस्तै नगरको पहिलो भेलाबाट प्रतीक्षा पुन मगरको संयोजकत्वमा किरण नेपाली सह–संयोजक रहने गरी ५ सदस्यीय नगर कमिटी गठन गरिएको छ। जसको सदस्यहरुमा रेणु देवकोटा,सौरभ चौधरी, चप्परे चौधरी (कान्छा), बल्देव डाँगी र अमृता नेपाली रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि निर्मल आचार्यले युवा पुस्तालाई वैचारिक रुपमा संगठित गर्दै सामाजिक परिवर्तनको अभियानमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “जेनजी रेडफोर्स जस्तो संगठनले युवाहरुलाई सचेत, संगठित र परिवर्तनको अग्रपंक्तिमा उभ्याउने काम गर्ने विश्वास लिएको छु।”

त्यसैगरी अध्यक्ष अर्जुन विश्वकर्माले युवाहरुको सक्रिय सहभागिताले संगठनलाई थप बलियो बनाउने बताए । उनले भने, “युवाशक्ति नै समाज रुपान्तरणको मुख्य आधार हो । घोराही नगर कमिटी गठनसँगै यहाँको युवा आन्दोलनलाई नयाँ गति मिल्नेछ।”

त्यस्तै भेलामा नेताहरु सस्मति चौधरी,रामप्रसाद चौधरी, विश्वराज आचार्य,गजेन्द्र खड्का,खिमबहादुर चौधरी (अटल), अनिल शेर्पाइली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रेडफोर्स जिल्ला सह-संयोजक यज्ञबहादुर विश्वकर्माले गरेका थिए ।खोजरफ्तार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]