
Jsbus
syysr
Gsbus
Pbu
Gsl
Ssbus
Rbs
Ratbs
Bksbus5
gms
Nssbus7
Ddhbs
Syees
Csbus
Amb
dsbus

Rgu
Hal
Bbbpu
Ssm
Vor
Sls
Asm
Rsb
Sbs
Rgs
Ggd
Rgu
nsb
Bbu
Gst
Tsm
Ksm
Wsp
Pvg

Rmb
Rpp
Jmb
Mks
Pls
sab
Abd
Jmb
Gsb
bbt
Ptm
Bml
Syp
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री,कसैलाई पार्टी अध्यक्ष बाँड्नु हाँस्यास्पद रहेको बताएका छन् ।
मदन-आश्रित प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अली बाठै होला भन्ने ठानेको भएपनि निर्णय देख्दा हाँस्यास्पद रहेको बताए । ‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ ।
प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होलान् भन्ने ठानेको तर त्यस्तो होइन रहेछ’ रास्वपा सभापति रवि लामिछाने र शाहबिच भएको सम्झाैताप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने ‘पार्टी सभापति एउटालाई,उपसभापति अर्कालाई,पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री ? यो अस्ती सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो ।’
अध्यक्ष ओलीले त्यसबेला जो भेट्यो उसैलाई प्रधानमन्त्री पद बाँडिएको बताए । ‘कसले कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ ’ अध्यक्ष ओलीले भने ‘एमाले–कांग्रेस बाहेक अरूले सरकार बनाउन सम्भव छ र ?’
त्यस्तै अध्यक्ष ओलीले असंवैधानिक तरिकाले विघटन गरिएको संसद तत्काल पुनर्स्थापना हुनुपर्ने समेत बताए । सरकार बनाउने,कसलाई हटाउने, कसलाई राख्ने भन्ने थलो संसद भएकोले यसलाई असंवैधानिक व्यक्तिले विघटन गरेर संविधानलाई सङ्कटमा पारेको उनले बताए ।
