
Lks
Rgp
Sgp
lnp
Rgp
Ggp
Rgp
Asb
Rgp
Lnp
Ggp
Dus
ksb
Usb
Jns

lms

दाङ । बालबालिकाको शिक्षामा सानो सहयोगले ठूलो सपना निर्माण गर्न सकिन्छ भन्ने उदाहरण राजपुर गाउँपालिका–१,गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा देखिएको छ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ५३ हजार २ सय ५० बराबरको स्टेसनरी सामग्री हस्तान्तरण गरि एक परिवारले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । बुवा टीका मल्ल र आमा नूतन सिं ठकुरीको आर्थिक सहयोगमा उनकी छोरी प्रिस्का मल्लको जन्मदिनको अवसर पारेर उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
जन्मदिनलाई केवल केक काट्ने र रमाइलोमा सीमित नगरी समाजका नानीहरूको भविष्य उज्यालो बनाउने माध्यम बनाइनु आफैंमा प्रेरणादायी कार्य बनेको छ । विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई कापी,कलम,पेन्सिल,इरेजर ज्यामेट्री लगायतका आवश्यक स्टेशनरी सामग्री प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ । हाल बुवा टीका मल्ल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा बसोबास गर्दै आएका छन् । टाढा रहेरपनि आफ्नो जन्मभूमि र विद्यालयप्रतिको माया र जिम्मेवारी उनको यो सहयोगबाट प्रष्ट झल्किएको छ।
कार्यक्रममा राजपुर गाउँपालिकाका शिक्षा साखा प्रमुख बसु खनाल,वडा नम्बर १ का वडा अध्यक्ष सूर्य प्रसाद चौधरी मार्फत विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले शिक्षामा लगानी गर्नु नै सबैभन्दा ठूलो लगानी भएको बताउँदै यस्ता मानवीय र सामाजिक कार्यहरुले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक शाहीले सहयोगी परिवारप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यले विद्यार्थीहरुको मनोबल बढ्नुका साथै पढाइप्रति थप उत्साह जाग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन समेत प्रधानाध्यापक शाहीले नै गरेका थिए । जन्म दिनको कार्यक्रममा विद्यालयका शिक्षक– शिक्षिकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने विद्यार्थीहरुको मुहारमा देखिएको खुशीले कार्यक्रमलाई अझै भावुक र स्मरणीय बनाएको थियो ।
