
Nssbus7
Pbu
dsbus
Gsbus
Bksbus5
gms
Jsbus
Amb
Rbs
Ssbus
Ratbs
Gsl
Csbus
Ddhbs

Ssm
Rgs
Tsm
Vor
Hal
Ksm
Pvg
Bbu
Rsb
Wsp
Asm
Rgu
nsb
Ggd
Rgu
Sls
Sbs
Gst
Bbbpu

Pls
Mks
Ptm
Jmb
Bml
bbt
Abd
Jmb
sab
Rpp
Syp
Gsb
Rmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।
आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी प्रदेश साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षक,विद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दीगो रुपमा अघि बढाउने जिम्मेवारी सबैको हुने बताए ।
घोषणा आफैंमा ठूलो कुरा होइन । साक्षरतालाई टिकाइराख्नु मुख्य विषय हो । अब हामी साक्षरबाट शिक्षित प्रदेशको घोषणा गर्नेतर्फ छिट्टै अघि बढ्नुपर्छ,उनले भने, यससँगै प्रदेशलाई दुर्व्यसनमुक्त बनाउने अभियान पनि सशक्त रुपमा अघि बढाउन आवश्यक छ ।
मुख्यमन्त्री आचार्यले नवयुवाहरु दुर्व्यसनमा फस्नु चिन्ताको विषय भएको उल्लेख गर्दै दुर्व्यसनमुक्त प्रदेश बनाउने विषय सबैको साझा संकल्प हुनुपर्ने बताए । साथै,प्रदेश सरकारले सामाजिक विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र कानुन निर्माणमा जोड दिँदै आएको स्पष्ट पारे । प्रदेशमा साक्षरताको मापदण्ड पूरा भई १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेकाले लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा पाँच हजार ७ सय २२ सामुदायिक बालविकास केन्द्र,चार हजार चार सय ३९ सामुदायिक विद्यालय,तीन वटा विश्वविद्यालय, एक सय ८७ क्याम्पस र तीन सय २९ सामुदायिक सिकाइ केन्द्र रहेका छन् । प्रदेशभर विद्यालय तहमा १२ लाख ४६ हजार २ सय ७२ विद्यार्थी अध्ययनरत छन् ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री तिमिल्सिनाले प्रदेशको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनले अझै विद्यालय बाहिर रहेका ४२ हजार विद्यार्थीलाई विद्यालय शिक्षामा ल्याउन सक्रियता बढाउनुपर्नेमा जोड दिए ।
सभामुख तुलाराम घर्तिमगरले सामाजिक न्यायसँग जोडिएका ऐन निर्माण गर्न आवश्यक रहेको बताए । उनले प्रदेशमा भाषा ऐन आवश्यक रहेको उल्लेख गर्दै भाषा,संस्कृति र सभ्यताको संरक्षण पहिचानका लागि अपरिहार्य भएको धारणा राखे । भौतिक संरचनामा मात्र होइन,अब बौद्धिक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।
पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साक्षरतालाई आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै साक्षरता अभियानलाई अझ फराकिलो ढंगले अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा.विनोदप्रसाद ढकाल,बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य,प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री,जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईं,प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याल,बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारु,घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी,पूर्व प्राध्यापक प्रेम शाह,विद्यार्थी सृष्टिका भट्टराई र ओजस्वी आचार्य लगायतले धारणा राखेका थिए ।
सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त निर्देशक हरिलाल अर्यालले प्रतिवेदन प्रस्तुत गरेका थिए । साक्षर प्रदेश घोषणा अभियानमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण उपसचिव ऋषिराज शर्मा र वरिष्ठ शिक्षा अधिकृत वेगम केसीले गरेका थिए ।
