इराधा झाक्री मगर शुक्रबार, पुष ११, २०८२

दाङ । दुर्गाभवानी आधारभूत विद्यालयले हाट बजार राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा पहिलोपटक विद्यार्थी केन्द्रित परिकार प्रदर्शनी तथा उत्पादन बिक्री कार्यक्रम आयोजना गरेको छ ।

कक्षा ६, ७ र ८ का विद्यार्थीहरुले तयार पारेका बिर्यानी–टमाटर सुप,पानीपुरी,दहीपुरी,पकौडा,बुझा, लड्डु लगायतका परिकारहरु प्रदर्शनी तथा बिक्रीमा राखिएका थिए । साथै विद्यालयमा उत्पादन गरिएका टमाटर,प्याज,लौका, फुल, काक्रो,फर्सी लगायतका अर्गानिक तरकारीहरू बजार मूल्यभन्दा सस्तो दरमा वितरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक केशवप्रसाद आचार्यका अनुसार विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक सीप, आत्मनिर्भरता र उद्यमशीलता विकास गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । “पढाइ मात्र होइन,जीवन उपयोगी ज्ञान,बोल्ने क्षमता र आयआर्जनका सीप पनि आवश्यक छ रहेकोले हामी शिक्षकहरुले सहजीकरण गरिदिएका हौ भनेर बताए ।

कार्यक्रम सञ्चालनका लागि कक्षा ८ का विद्यार्थीहरुले प्रति व्यक्ति २०० रुपैयाँ र कक्षा ६ तथा ७ का विद्यार्थीहरुले प्रति व्यक्ति १०० रुपैयाँ संकलन गरेका थिए । कार्यक्रममा कक्षा ८, ७ र ६ बाट २–२ वटा स्टल राखि परिकार प्रदर्शनी गरिएको थियो । कार्यक्रमबाट संकलित रकमको केही अंश दिनदुखीलाई सहयोग तथा केही रकम विद्यालयको शैक्षिक गतिविधिमा लगानी गर्ने योजना रहेको कक्षा ८ की विद्यार्थी जित्मली बिष्टले जानकारी दिए ।

त्यस्तै कक्षा ८ सम्म अध्यापन हुने दुर्गाभवानी माध्यमिक विद्यालयले यस प्रकारको व्यवहारिक र उद्यमशील गतिविधि सञ्चालन गर्ने पहिलो विद्यालय भएको दाबी गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]