
Csbus
gms
Ssbus
Gsl
Bksbus5
Ratbs
Nssbus7
Ddhbs
syysr
Gsbus
dsbus
Rbs
Pbu
Amb
Jsbus
Syees

Bbu
Gst
Ggd
Pvg
Vor
Ksm
Rgs
Hal
Ssm
nsb
Rsb
Wsp
Rgu
Sls
Rgu
Asm
Tsm
Bbbpu
Sbs

Syp
bbt
Mks
Ptm
Bml
Rmb
Rpp
Gsb
sab
Abd
Jmb
Pls
Jmb
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
यदी निर्वाचन सार्ने काम भयो भने आफूहरु चुप लागेर नबस्ने पनि उनको अर्को चेतावनी छ । पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि चुनाव सार्न खोज्दा संविधान मिचिने जिकिर गरे । ‘हामी त अहिले यो देशलाई संकटबाट बचाउने,संकटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौं । हामीले भनेका छौं,सहज ढंगले निर्वाचन सम्पन्न होस्,’ प्रचण्डले भने,‘सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरु कुनै तर्क र बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्नु होला ।’ यसअघि केही हदसम्म संविधान मिच्ने काम भएको तर देशको अवस्थालाई हेरेर आफूहरू चुपचाप सहयोग गरेर अघि बढेको उनको भनाइ छ ।
त्यस्तै‘यदी तपाईंहरुले संविधान बार बार मिच्ने कोशिस,एकचोटी त मिचिइसकेको छ केही हदसम्म । तर त्यसमा हामीले देशको असहज अवस्थालाई हेरेर देशमा अन्तरिम सरकार बनाउन पहल गरेकै हो । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, धकेल्ने काम गरियो भने फेरि संविधान मिचिन्छ,’ प्रचण्डले भने,‘यदी त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं । केही अहंकारी र दम्भीहरुले प्रतिशोधबाहेक केही नदेख्नेले विभिन्न धम्कीको भाषा बोल्ने गरेका छन् । म आज धम्कीको भाषा बोल्न चाहन्नँ,शान्तिपूर्ण तरिकाले निर्वाचन गरियोस् ।’
त्यस्तै उनले ६ महिना, एक वर्ष निर्वाचनको मिति सार्ने हल्ला आफूले सुनेको पनि बताए । ‘सरकारले यो कुरालाई नजरअन्दाज गरेर ६ महिना समय थप्ने, एक वर्ष थप्ने हल्ला पनि सुनाउँछन् कोही कोहीले त्यो गर्यो भने देश फेरि दुर्घटनामा पर्छ । तर अबको दुर्घटनाको बेलामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुने छैन,’ उनले भने ।अनलाइनखबर
