
Rgp
Sgp
Dus
lnp
Rgp
Asb
Rgp
Jns
ksb
Ggp
Rgp
Lks
Ggp
Lnp
Usb

lms

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
यदी निर्वाचन सार्ने काम भयो भने आफूहरु चुप लागेर नबस्ने पनि उनको अर्को चेतावनी छ । पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि चुनाव सार्न खोज्दा संविधान मिचिने जिकिर गरे । ‘हामी त अहिले यो देशलाई संकटबाट बचाउने,संकटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौं । हामीले भनेका छौं,सहज ढंगले निर्वाचन सम्पन्न होस्,’ प्रचण्डले भने,‘सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरु कुनै तर्क र बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्नु होला ।’ यसअघि केही हदसम्म संविधान मिच्ने काम भएको तर देशको अवस्थालाई हेरेर आफूहरू चुपचाप सहयोग गरेर अघि बढेको उनको भनाइ छ ।
त्यस्तै‘यदी तपाईंहरुले संविधान बार बार मिच्ने कोशिस,एकचोटी त मिचिइसकेको छ केही हदसम्म । तर त्यसमा हामीले देशको असहज अवस्थालाई हेरेर देशमा अन्तरिम सरकार बनाउन पहल गरेकै हो । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, धकेल्ने काम गरियो भने फेरि संविधान मिचिन्छ,’ प्रचण्डले भने,‘यदी त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं । केही अहंकारी र दम्भीहरुले प्रतिशोधबाहेक केही नदेख्नेले विभिन्न धम्कीको भाषा बोल्ने गरेका छन् । म आज धम्कीको भाषा बोल्न चाहन्नँ,शान्तिपूर्ण तरिकाले निर्वाचन गरियोस् ।’
त्यस्तै उनले ६ महिना, एक वर्ष निर्वाचनको मिति सार्ने हल्ला आफूले सुनेको पनि बताए । ‘सरकारले यो कुरालाई नजरअन्दाज गरेर ६ महिना समय थप्ने, एक वर्ष थप्ने हल्ला पनि सुनाउँछन् कोही कोहीले त्यो गर्यो भने देश फेरि दुर्घटनामा पर्छ । तर अबको दुर्घटनाको बेलामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुने छैन,’ उनले भने ।अनलाइनखबर
