
Rgp
ksb
Dus
Lks
Asb
Sgp
Lnp
Jns
Usb
Rgp
Ggp
Ggp
lnp
Rgp
Rgp

lms

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि विभिन्न स्थानबाट र्यालीहरु निस्किएका छन् ।
भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि काठमाडौंको विभिन्न स्थानबाट र्यालीहरु सुरु भएका हुन् । उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरु र्यालीसहित प्रदर्शनीमार्गमा रहेको पद्मोदय मोड नजिक बनाइएको मुख्य मञ्चतर्फ जान थालेका छन् ।
त्यस्तै पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन,धादिङ,मकवानपुर र ललितपुरका नेता–कार्यकर्ताहरु सुन्धाराबाट र्याली सुरु भएको छ । रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको र्याली आउँदै छ । यस्तै बूढानीलकण्ठ,गोकर्णेश्वर,कागेश्वरी –मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३,४ र ५ को र्याली डिल्लीबजार (चारखाल) तथा काठमाडौं–१ र २,भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक,दोलखा,सिन्धुली र रामेछापको र्याली बबरमहलबाट सुरु भएको छ ।
त्यस्तै सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।अनलाइनखबर
