
Ssb
Rsb
Ppu
Csb
Ssb
Ksb
Nsb
jsb
Ksb
Rks
Usb
Bsn
Tgp
Gsb
Ksb

Hl1
Gsb
Ssb
Usb
Tsb

Nps
Rgu
ptl
दाङ । उच्च अदालत,सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय,दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् । तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ‘२.२२ ग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरेर ल्याएका छौं,दाङका डीएसपी मुकुन्द रिजालले भन्नू भयो । हाल उहाँलाई इलाका प्रहरी कार्यालय,तुलसीपुरमा राखिएको छ ।
इप्रका,तुलसीपुरले भने तुलसाले लागूऔषध आफूले नराखेको प्रारम्भिक बयान दिएको जनाएको छ । तुलसा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्यसमेत हुन् । थप अनुसन्धान भइरहेको भनिएको छ ।
