
cjs
Lnp
Ggp
Ses
Djs
Pbu
Pes
Unsku
Rgp
Rgp1
Sgr
Srbpu
Gfs
pku

Tsm
nsb
Rsb
Gst
Ksm
Rgu
Ggd
Wsp
Rgs
Vor
Asm
Sbs
Bbu
Pvg
Rgu
Ssm
Hal
Bbbpu
Sls

Pls
Rmb
sab
Jmb
Ptm
Syp
Jmb
bbt
Gsb
Bml
Abd
Mks
Rpp
दाङ । यौन तथा प्रजनन् स्वास्थ्यमा महिला र किशोरीहरुलाई न्यायमा पहँच पुर्याउन लुम्बिनी प्रदेश सरकारले पहल गरिरहेको थप पहुँचको आवश्यकता रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले बताएका छन् ।
यस विषयमा ऐन,कानून र नियमावली तयार गरिएको भएपनि प्रभावकारी कार्यान्वयनमा चुनौति देखिएको उनले बताए । स्वास्थ्य निर्देशनालयको समन्वयमा बिएन बेइजिङ (बिविसी) परियोजनाले आयोजना गरेको कार्यशालामा निर्देशक चौधरीले यस्तो बताएका हुन् ।
निति निर्माण भएपनि कार्यान्वयनमा चुनौति छ यसको प्रभावकारी कार्यान्वयनकालागि सरकारको निकायले मात्र एक्लै सक्दैन । स्थानीय सरकार, स्वास्थ्य संस्थाहरु,मानव अधिकारवादी संघ संस्था र सञ्चार माध्यमहरु सबैले सचेतना फैलाउन र कार्यान्वयन गर्न गराउन घच्घचाउनु आवश्यक छ–चौधरीले भने । प्रदेश सरकारको तर्फबाट प्रजनन् स्वास्थ्यको पहुँच अभिबृद्धि गर्न लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ पालिकाहरुमा कार्यक्रम राखि बजेट समेत ब्यवस्थापन गरिएको उनले कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार र न्यायकालागि कानूनी पहुँच सुदृढिकरण एवं महिला र किशोरीहरुकालागि न्यायमा पहुँच पुर्याउन स्वास्थ्य मन्त्रालय र सरकारका सम्वन्धित निकायहरुले पहल गर्नुपर्नेमा बिषय बिशेषज्ञ डा. लक्ष्मी तामाङले जोड दिएकी थिइन् । लैंगिक उत्तरदायि निती निर्माण र बजेट कार्यान्वयनमा समस्या देखिएको,मनोसामाजिक परामर्शको कमी, दिंग पहिचान गरेर गर्भपतन गरिनु,महिला तथा किशोरीहरुमा कानूनको अनभिज्ञता,साँस्कृतिक, धार्मिक र परम्परागत सामाजिक अवधारणहरु कानून कार्यान्वयनका बाधक चुनौतिहरुले गर्दा समस्स्या समाधानमा कठिनता देखिएको तामाङले बताएकि थिइन् । कार्यक्रममा यस विषयमा डाटाबेस प्रस्तुति गर्दै वर्तमान अवस्थालाई उनले छर्लङ्ग पारिन् ।
कार्यक्रममा मानव अधिकारवादी संघसंस्था,प्रदेश स्वास्थ्य निर्देशनालय र पत्रकारहरुसंग यस विषयमा गहन छलफल गरि योजना निर्माण र कार्यान्वयन गर्न चुनौती,समाधान र खाडलहरु तथा समाधानका उपायहरु लिखित सुझावहरु संकलन गरि प्रस्तुतिकरण समेत गरिएको थियो । कार्यशालामा प्रदेश निर्देशनालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठ,अधिकृत नोदनारायण चौधरी,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह,महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष अनिता पोख्रेल,दलित शसक्तिकरण क्षेत्रका अधिकारकर्मी निर्मल नेपाली,वादी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष कमल गौतम लगायतले बोलेका थिए ।
कार्यक्रम संयोजक भगवती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिएन बेइजिङ परियोजनाका अध्यक्ष कृष्ण कुमारी वाईवाको स्वागत मन्तब्य र प्रदेश निर्देशनालयका फोकल पर्सन कुमार थापाले सहजीकरण गरेका थिए ।
