
Gsbus
syysr
Bksbus5
Gsl
Syees
gms
Jsbus
Pbu
Ddhbs
Ratbs
Nssbus7
Ssbus
Rbs
dsbus
Amb
Csbus

Wsp
Asm
Vor
Sls
Hal
Gst
Ggd
Bbbpu
Tsm
Pvg
Sbs
nsb
Rgu
Ssm
Rgu
Bbu
Rsb
Rgs
Ksm

Rpp
Mks
Bml
Jmb
bbt
Abd
Syp
Rmb
Gsb
Pls
Jmb
Ptm
sab
काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गरेका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको रोडम्यापसँग मेल खानेगरी उनले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने जिकिर गरेका हुन् ।
शनिबार आज भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले सर्वपक्षीय अन्तरिम सरकार बनाएर मात्रै निर्वाचनमा जान उपयुक्त हुने बताए । ‘यो देशलाई यहाँसम्म ल्याएको राजनीतिक शक्तिहरुले नै हो । योगदान गरेको पनि राजनीतिक शक्तिहरुले नै भएको हुनाले सर्वपक्षीय सरकार, अन्तरिम सरकार बनाएर सहज ढंगले संविधानलाई पुनर्लेखन गर्नुपर्यो भने पनि गरेर नेपालका सबै श्रमिक, जाति, वर्ग, क्षेत्र, उत्पीडनमा परेका सबै नयाँ पुस्ता, युवा जेनजी देश, विदेशमा रहेका नेपाली नागरिकहरुको चाहनालाई सम्बोधन गरेरमात्रै चुनावतिर जान आवश्यक छ,’ उनले भने ।
त्यस्तै वर्तमान सरकार अँध्यारो कुनाबाट बनेको अवैध भन्दै राजनीतिक दलहरुले नै सरकारको नेतृत्व गरेर मात्रै निर्वाचन गराउन सकिने तर्क समेत गरे । ‘आज देशमा अनौठो प्रकारले सरकार बनेको छ । न यो आन्दोलनको मर्मअनुसार छ । न संवैधानिक प्रक्रिया अनुसारको छ । अध्यारो कुनाबाट खडा गरिएको यो अवैध सरकारलाई हाम्रो समर्थन छैन र हुन सक्दैन । त्यसैले हामीले के भनेका छौ भने–देशलाई एउटा निकास चाहिएको छ । त्यो निकासको निम्ति राजनीतिक शक्तिहरुले नै नेतृत्व गर्नुपर्दछ,’ उनले भने ।अनलाइनखबर
