शिवराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, मंसिर २५, २०८२

दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले संघीयताले मुलुकाको अर्थतन्त्र थाम्नै नसक्ने बताएका छन् ।

संघीयता हटाएर प्रदेशहरु खारेज गरेमात्र देशका आम नागरिकहरुलाई उपचार हुनसक्ने अर्थतन्त्रको बचत हुने उनले बताए । प्रदेश सरकार ठूला राजनितीक दलहरुका नेता र कार्यकर्ता पाल्ने मुख्य आश्रयस्थल भएको उनले दावी गरे ।

राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले बिहिवार देउखुरीको लमहीमा आयोजना गरेको जिल्ला स्तरीय प्रचारात्मक जनसभालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई संबोधन गर्दै संघीयता देशकालागि घाँडो भएको र यसले अर्थतन्त्रको डामाडोल गर्ने,भ्रष्टाचारको अखडा बन्ने र मुलुकालाई अन्ततः बिखण्डन तर्फ धकेल्ने नेपालीले बताए ।कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव रेग्मीले किसानहरुको पक्षमा विगत र वर्तमानका कुनैपनि सरकारले गतिलो काम गर्न नसकेको बताए । एक अर्को प्रसंगमा बोल्दै रेग्मीले जेनजी आन्दोलनका नाममा ठूला राजनीतिक पार्टीहरुले गुण्डाहरुको घुसपैठ गराएर सिंहदरवार,संसदभवन र अदालत लगायतका राज्यका संपत्तिमा आगो लगाएर बिध्वंस मच्चाएको बताए । जेनजी आन्दोलनका नाममा गैरसंबैधानीक ढंगले वर्तमान सरकार बनेको भएपनि सरकारले तोकेको समयमा निश्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले ध्यान दिन आवश्यक रहेको उनले बताए । संविधान नै मास्न खोज्ने प्रतिगमनकारी शक्तिहरुलाई परास्त गर्दै राष्ट्रियता र संबिधानको रक्षा गर्न आम नागरिकहरु अगाडी बढ्नुपर्ने कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रिय अध्यक्ष कासीनाथ पोखे्रल,राजमोका केन्द्रिय सदस्य कमला जिसी,अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय अध्यक्ष रमेशमान गुरुङ, केन्द्रिय सचिव रामबहादुर जिएम,बुद्धिजिवी संघका केन्द्रिय सदस्य केशव खनाल र अनेरास्वबियू छैठौं दाङका अध्यक्ष सेवक भट्टराई लगायतले बोलेका थिए । गण्तन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं–संघीयता खारेज गरौं भन्ने मूल नाराका साथ राजमो केन्द्रिय समितिले देशब्यापी जिल्ला स्तरका सभा आयोजना गरिरहेको कार्यक्रममा जानकारी गराइएको हो ।

राजमो दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतथा तथा उपाध्यक्ष महेश रिजालको स्वागत मन्तब्यबाट सुरु भएको जिल्ला स्तरीय प्रचारात्मक सभाको सञ्चालन राजमो दाङका सचिव बसन्तराज पौडेले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]