
Gsl
Rbs
Syees
Ratbs
Jsbus
Ddhbs
Nssbus7
Bksbus5
Csbus
Gsbus
Ssbus
gms
Pbu
Amb
syysr
dsbus

Ssm
Tsm
Ksm
Rgu
Pvg
Bbbpu
Rgu
Ggd
Asm
Sls
Gst
Rsb
Rgs
Hal
Wsp
Sbs
Bbu
Vor
nsb

Rmb
Jmb
Gsb
Jmb
Ptm
sab
Rpp
Pls
Mks
Syp
Bml
bbt
Abd
दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले संघीयताले मुलुकाको अर्थतन्त्र थाम्नै नसक्ने बताएका छन् ।
संघीयता हटाएर प्रदेशहरु खारेज गरेमात्र देशका आम नागरिकहरुलाई उपचार हुनसक्ने अर्थतन्त्रको बचत हुने उनले बताए । प्रदेश सरकार ठूला राजनितीक दलहरुका नेता र कार्यकर्ता पाल्ने मुख्य आश्रयस्थल भएको उनले दावी गरे ।
राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले बिहिवार देउखुरीको लमहीमा आयोजना गरेको जिल्ला स्तरीय प्रचारात्मक जनसभालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई संबोधन गर्दै संघीयता देशकालागि घाँडो भएको र यसले अर्थतन्त्रको डामाडोल गर्ने,भ्रष्टाचारको अखडा बन्ने र मुलुकालाई अन्ततः बिखण्डन तर्फ धकेल्ने नेपालीले बताए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव रेग्मीले किसानहरुको पक्षमा विगत र वर्तमानका कुनैपनि सरकारले गतिलो काम गर्न नसकेको बताए । एक अर्को प्रसंगमा बोल्दै रेग्मीले जेनजी आन्दोलनका नाममा ठूला राजनीतिक पार्टीहरुले गुण्डाहरुको घुसपैठ गराएर सिंहदरवार,संसदभवन र अदालत लगायतका राज्यका संपत्तिमा आगो लगाएर बिध्वंस मच्चाएको बताए । जेनजी आन्दोलनका नाममा गैरसंबैधानीक ढंगले वर्तमान सरकार बनेको भएपनि सरकारले तोकेको समयमा निश्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले ध्यान दिन आवश्यक रहेको उनले बताए । संविधान नै मास्न खोज्ने प्रतिगमनकारी शक्तिहरुलाई परास्त गर्दै राष्ट्रियता र संबिधानको रक्षा गर्न आम नागरिकहरु अगाडी बढ्नुपर्ने कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रिय अध्यक्ष कासीनाथ पोखे्रल,राजमोका केन्द्रिय सदस्य कमला जिसी,अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय अध्यक्ष रमेशमान गुरुङ, केन्द्रिय सचिव रामबहादुर जिएम,बुद्धिजिवी संघका केन्द्रिय सदस्य केशव खनाल र अनेरास्वबियू छैठौं दाङका अध्यक्ष सेवक भट्टराई लगायतले बोलेका थिए । गण्तन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं–संघीयता खारेज गरौं भन्ने मूल नाराका साथ राजमो केन्द्रिय समितिले देशब्यापी जिल्ला स्तरका सभा आयोजना गरिरहेको कार्यक्रममा जानकारी गराइएको हो ।
राजमो दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतथा तथा उपाध्यक्ष महेश रिजालको स्वागत मन्तब्यबाट सुरु भएको जिल्ला स्तरीय प्रचारात्मक सभाको सञ्चालन राजमो दाङका सचिव बसन्तराज पौडेले गरेका थिए ।

