
Ksb
Nsb
Csb
Gsb
Tgp
Ppu
Ksb
Fmb
Bsn
Ksb
Ssb
Usb
jsb
Rks
Ssb
Rsb

Gsb
Hl1
Usb
Ssb
Tsb

Nps
Rgu
ptl
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी,महासमिति सदस्यद्वय जानकीलाल बस्नेत,कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले जेनजी पुस्तालाई समेत समेट्ने गरि लुम्बिनी प्रदेश प्रतिनिधि प्रतिक्षा चौधरीलाई प्रत्यक्ष तर्फको उम्मेदवारका लागि जिल्लामा नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा मंगलबार दाङको लमहीमा बसेको बैककले उम्मेदवार सिफारिस गरेको हो ।समानुपातिक तर्फ ९ जनाको नाम सिफारिस भएको छ । कृष्णकिशोर घिमिरे,सुशीला चौधरी,देवका बेल्बासे,अनुराग यादव,खिमा अधिकारी,मधुप्रसाद न्यौपाने,खड्गबहादुर विक,कृष्ण गिरी र पवन नेपाली उम्मेदवार सिफारिस भएका हुन् ।
