
Ppu
Usb
Bsn
Csb
Ssb
Rks
Rsb
Tgp
Nsb
Ksb
Fmb
jsb
Ssb
Ksb
Gsb
Ksb

Hl1
Gsb
Tsb
Usb
Ssb

Rgu
Nps
ptl
काठमाडौँ । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् ।
काठमाडौँको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उक्त कुरा आफूहरुले घोषणापत्रमा नै लेखेको साम्पाङको भनाइ छ । ‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो भने हाम्रो विचार अनुसारको राज्य पनि हुनुपर्छ भन्ने हो । त्यसकारण हामीले घोषणापत्रमै लेखेका छौँ,’साम्पाङले भने,‘हामीले नै जित्छौँ,कुनै शंका छ ? हामीले नै जित्छौँ, हामीले नै सरकार गठन गर्छौँ ।’
त्यस्तै आफूहरुको नेतृत्वको सरकारले जेन जेडको माग सम्बोधन गर्न आयोग बनाउने पनि उनले बताए । ‘त्यसपछि जेनजीको एउटा आयोग बनाउँछौँ । जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नुपर्यो नि । ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्छ ?,’ साम्पाङले भनेका छन् । यो देशको अग्रगामी छलाङ मार्ने योजना आफ्नो पार्टीले ल्याउने उनको जिकिर थियो ।
