दाङ । दाङमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सेवार स्थित सुरेन्द्र सेनको घरमा जुवा खेलिरहेको समयमा आज विहान साढे १ बजे ६४ हजार ३ सय रुपैयाँसहित ८ जना पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेहरुमा वडा नम्बर ८ का २८ वर्षिय तिलक वली,३५ वर्षिय शरद रावत,३० वर्षिय समिर खड्का,३५ वर्षिय सुरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कायालय दाङले जनाएको छ । त्यसैगरी अन्य पक्राउ पर्नेमा वडा नम्बर ८ कै २१ वर्षिइ यादव राना,४४ वर्षिय शिवु रावत,४० वर्षिय रेशम वली र घरधनी सुरेन्द्र सेन रहेका छन् । जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गएको प्रहरीले रातीको समयमा ८ जनालाई पक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।