
Nssbus7
Ddhbs
syysr
Rbs
gms
dsbus
Amb
Csbus
Syees
Gsl
Bksbus5
Pbu
Ssbus
Jsbus
Ratbs
Gsbus

Asm
Sls
Gst
Hal
Bbbpu
Bbu
Ksm
Vor
Sbs
nsb
Pvg
Rgu
Rsb
Ggd
Wsp
Ssm
Rgu
Tsm
Rgs

Jmb
Rpp
Abd
Mks
Gsb
bbt
Syp
Rmb
Ptm
Bml
sab
Jmb
Pls
काठमाडौं । नेपाली काङ्ग्रेसले आफ्नो १५ औं महाधिवेशन पुसमा गर्ने निर्णय गरेको छ।
सोमबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले पुस २६, २७ र २८ गते १५ औं महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार महाधिवेशन काठमाडौंमै हुनेछ।
केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका प्रस्तुत गरेका थिए। उक्त कार्यतालिका सर्वसम्मत रुपमा पारित भएको हो । महाधिवेशन मितिबारे विषयमा सहमति जुट्न नसक्दा असोज २८ गतेदेखि सुरु केन्द्रीय समिति बैठक बीचमा पटक पटक स्थगित भएको थियो ।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरुसँग निरन्तर अनौपचारिक कुराकानी गरी पुसभित्रै महाधिवेशन गर्ने निर्णयमा पुर्याएका थिए। उक्त निर्णयलाई नै केन्द्रीय समितिले अनुमोदन गरेको हो।
फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि, नियमित गर्ने कि विशेष भन्नेजस्ता विवादले डेढ महिनासम्म काङ्ग्रेस अनिर्णीत हुँदा आलोचना भएको थियो । नेताहरु विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि चुनावअघि महाधिवेशन गर्न तयार भएका थिएनन्।
सभापति देउवा र कार्यवाहक सभापति खड्कासँग आज भेटेर कुराकानी गरेपछि निधि,सिटौलासहित सभापति देउवा पक्षका केही नेताहरू पुसभित्रै १५ औं महाधिवेशन कार्यतालिका ल्याउन तयार भएका थिए । निधि,सिटौला,विजयकुमार गच्छदार,सीता गुरुङ,किरण पौडेल,कुन्दनराज काफ्ले,गुरु बराललगायत नेताहरुले सुरुमा कार्यवाहक सभापति खड्कासँग कुराकानी गरेका थिए। त्यसपछि उनीहरु सभापति देउवालाई भेट्न निवासमा गएका थिए।
सभापति देउवाले अग्रसरता लिएर निकास दिन खोजेकोले त्यसलाई आफूहरुले समर्थन गरेको निधिले बताएका थिए । काङ्ग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन मागेका थिए।
पुसभित्रै नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुको विकल्प नरहने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडान थियो।
महाधिवेशन कार्यतालिका यस्तो रहेकोे छ;
मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता केन्द्रबाटै फारम वितरण गरिसक्ने।
सबै निर्वाचन क्षेत्रमा पुस ८ गतेभित्र नयाँ क्रियाशील वितरणको काम गरिसक्ने।
क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची कार्यवाहक सभापति र सभापतिलाई बुझाउने मिति पुस १४ गते।
विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ भित्र गरिसक्नुपर्ने।
गाउँ/नगर वडा अधिवेशन पुस १६ गते हुने।
गाउँपालिका र नगरपालिका अधिवेशन पुस १७ गते।
प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते (एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा)
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २२ गते (एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा)
प्रदेश अधिवेशन पुस २३ र २४ गते।
केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म, काठमाडौंमा।सेतोपाटी
