
Gfs
Pbu
pku
sbs
Pes
Unsku
Rgp
Rgp1
Srbpu
Lnp
cjs
Sgr
Ggp
Djs

Sls
nsb
Hal
Sbs
Rgs
Bbu
Ssm
Rgu
Bbbpu
Rsb
Rgu
Wsp
Ksm
Ggd
Asm
Pvg
Tsm
Vor
Gst

Gsb
Rmb
sab
Ptm
bbt
Bml
Jmb
Rpp
Abd
Jmb
Syp
Pls
Mks
काठमाडौँ । अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ,भन्ने नाराका साथ आज ३८ औँ विश्व एड्स दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ ।
दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गरेकी छन् ।
त्यस्तै उनले सन् २०३० सम्ममा एचआइभीको विश्वव्यापी मान्यताअनुसार नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताइन् । लक्ष्यको अर्थ ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।
यस्तै “हालसम्म नेपालले पहिलो ९५ मध्ये ९० प्रतिशत, दोस्रो ९५ मध्ये ८८ प्रतिशत र तेस्रो ९५ मध्ये ७६ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ । हाल विश्वव्यापी वित्तीय सङ्कट, भेदभावका कारण एचआइभी प्रतिकार्यमा चुनौती कायमै छ । हामी सबैले मिलेर परिवर्तनकारी दृष्टिकोणबाट अगाडि बढ्नु आवश्यक छ जसले गर्दा रोकथाम, उपचार र हेरचाहमा सबैको पहुँच सुनिश्चित हुनेछ,” डा गौतमले भनिन् ।
शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपालले विगत दुई दशकमा एचआइभी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै नेपालले प्राप्त गरेका यी उपलब्धिहरुलाई निरन्तरता दिँदै दिगो विकास लक्ष्य प्राप्ति गर्न सक्रियतापूर्वक अघि बढ्न आवश्यक रहेको बताइन् । उनले यस वर्ष विशेषगरी जेनजी आन्दोलनको दिएको ऊर्जा र सन्देशले एचआइभी एड्स प्रतिकार्यमा पनि अत्यन्त महत्वपूर्ण भूमिका रहने बताइन् ।
त्यस्तै सन् २०१० को तुलनामा २०२४ सम्म आइपुग्दा नयाँ सङ्क्रमण दर ७६ प्रतिशत र एड्सका कारण मृत्यु दर अझ ७६ प्रतिशतले घटेको देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन १.७ जना व्यक्तिहरुमा एचआइभी सङ्क्रमण हुन्छ । यसैगरी सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिहरुमा एचआइभी सङ्क्रमण भएको अनुमान छ ।रासस
