
Pes
Rgp1
Gfs
Pbu
cjs
Ses
Unsku
Djs
Srbpu
Ggp
Sgr
pku
Lnp
Rgp

Ksm
Tsm
Sbs
Vor
Rgs
Gst
Rgu
Pvg
Bbu
Asm
Wsp
Ssm
Rsb
Sls
Bbbpu
Ggd
nsb
Rgu
Hal

Rpp
Jmb
Syp
Pls
Gsb
Bml
Jmb
Ptm
bbt
Mks
sab
Rmb
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिका गाउँपालिका वडा नम्बर–३,स्थित गोबरडिहा आयुर्वेद औषधालयले नि:शुल्क फिजियोथेरापी सेवा औपचारिक रुपमा शुरु गरेको छ ।
बिहीबार आयोजित विशेष समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले फिजियोथेरापी सेवाको उद्घाटन गर्दै सो सेवा गाउँपालिकाका नागरिकका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकामा स्वास्थ्य सेवाको दायरा दिनप्रतिदिन विस्तार हुँदै गएको उल्लेख गर्दै फिजियोथेरापी सेवा जोडिनु पालिकाको स्वास्थ्य संरचनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, “गाउँपालिकाका धेरै नागरिकहरू घुँडा, ढाड, जोर्नी तथा मांसपेशीसम्बन्धी समस्याबाट पीडित छन् । आयुर्वेद औषधालयबाट सुरु भएको नि:शुल्क फिजियोथेरापी सेवाले यहाँका सर्वसाधारणलाई अत्यधिक राहत पुराउने छ । स्वास्थ्य सेवामा नयाँ आयाम थपिदिएको यो पहल प्रशंसनीय छ ।” पालिका अध्यक्ष पोख्रेलले भने ।
यसैगरी कार्यक्रममा बोल्दै गोबरडिहा आयुर्वेद औषधालयका प्रमुख डा.शंकर नाथ योगीले औषधालयले आयुर्वेद उपचारलाई आधुनिक प्रविधिसँग जोड्दै चरणबद्ध रूपमा सेवा विस्तार गरिरहेको जानकारी दिए । उनका अनुसार औषधालयमा यसअघि नै शिरोधारा सेवा सञ्चालनमा रहेको र चूर्ण औषधि उत्पादनका लागि आवश्यक मेसिन जडान गरी उत्पादन प्रक्रियाको औपचारिक शुभारम्भ भइसकेको छ ।
फिजियोथेरापीसँगै औषधालयमा सेकाइ प्रविधिबाट (Thermal Therapy) उपचार समेत जारी रहेको उल्लेख गर्दै डा. योगीले भने, “हामी नियमित रुपमा स्तरोन्नत सेवा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ । स्थानीय नागरिकका समस्या, आवश्यकता र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सेवा विस्तार गरिएको हो ।”
कार्यक्रममा सहभागी सरोकारवालाहरुले नि:शुल्क फिजियोथेरापी सेवाको शुरुवातले गोबरडिहा क्षेत्र तथा आसपासका बासिन्दालाई गुणस्तरीय र सहज स्वास्थ्य सुविधा उपलब्ध गराएको भन्दै खुशी व्यक्त गरेका थिए । गढवा गाउँपालिकाको समन्वयमा आयुर्वेद औषधालयले आगामी दिनमा अझ विविध स्वास्थ्य सेवा थप्दै लैजाने तयारी रहेको जनाएको छ ।
