
Pbu
Ratbs
Rbs
Csbus
Jsbus
Bksbus5
Amb
Ssbus
Nssbus7
Ddhbs
Gsbus
Gsl
gms
dsbus

Rgs
Hal
Sbs
Tsm
Rgu
Pvg
Rsb
Ksm
Rgu
Sls
Asm
Bbu
Wsp
nsb
Bbbpu
Ssm
Gst
Vor
Ggd

bbt
Jmb
sab
Mks
Rmb
Jmb
Ptm
Pls
Rpp
Bml
Abd
Syp
Gsb
दाङ । राजपुर -२,बेला स्थित जनज्योति माध्यमिक विद्यालयको ६३ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको हो । सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले राजपुरको शिक्षा क्षेत्रलाई सुधार गरि गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आफुहरु निरन्तर लागि परेको बताएका छन् ।
शिक्षाको गुणस्तर संगै रिजल्ट सुधार गर्न अहिले पालिकाले नि:शुल्क ट्युसन कलासको समेत व्यवस्थापन गरेर शिक्षामा विशेष जोड दिएको अध्यक्ष बुढाथोकीले बताए । उनले शिक्षा क्षेत्रलाई सुधार्न सबैजना आ-आफ्नो स्थानबाट लागिपरे मात्र शिक्षाले गति ल्याउने बताए ।
कार्यक्रममा गाउँपालिकाकि उपाध्यक्ष धनपती देवी यादवले राजपुर गाउँपालिकामा शिक्षालाई पहिलो प्राथमिकता दिएर अघि बढेको हुँदा सम्पूर्णले साथ सहयोग गरि दिन आग्रह गरेकी छन् । उनले पालिकाले मात्र चाहेर शिक्षालाई सुधार गर्न नसकिने भएको हुँदा विद्यालय लगायत आम अभिभावकको समेत महत्त्वपूर्ण भुमिका रहने बताइन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले शैक्षिक गुणस्तर र सिकाइ उपलब्धलाई पनि जोडेर अघि बढ्नु पर्ने बताएका छन् । त्यस्तै शिक्षा क्षेत्रको हकमा गत वर्ष भन्दा यो वर्ष आफुले धेरै परिवर्तन पाए बताए । उनले विद्यालयको शैक्षिक सुधारका लागि सबै पक्षलाई समेटेर अघि बढे मात्र सफलता प्राप्त हुने बताए ।
कार्यक्रममा राजपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष लोकराज केसीले आफ्नो सन्तानको लागि जतिबेला पनि विद्यालयमा आएर गुनासो राख्न सकिने बताएका छन् । उनले कार्यक्रममा सहभागी आम अभिभावकहरुलाई वार्षिकोत्सबमा मात्र आएर आफ्नो गुनासो राख्ने सोच परिवर्तन गरि आफ्ना बालबच्चाका लागि अन्य दिनमा पनि आएर विद्यालय प्रतिको कुनैपनि गुनासो राख्न सकिने सुझाव दिए ।
त्यस्तै उनले हरेक अभिभावकको सोच स्कुलको निम्तो पर्खिने चलन छ । निम्तो पाए आउने,नपाए नआउने जुन सोच छ,अब उक्त सोचलाई परिवर्तन गरि सुने मात्रैपनि मेरो छोराछोरी त्यहाँ पढ्छन् भनेर आउनु पर्ने बताए ।
लामो समय ३४ वर्षसम्म आफुले शिक्षक र प्रधानाध्यापक समेत भएर पढाएको एउटा अनुभवले गर्दा शिक्षालाई सुधार्न त्रिकोणात्मक सम्बन्धले मात्र शैक्षिक गतिविधि गुणस्तर सुधार गर्न सकिने केसीले बताए । उनले स्कुलको आन्तरिक परीक्षामा पनि विद्यार्थीलाई डाइरेक फेल गराउन नमिल्ने र ग्रेडवृद्धि आधारमा पास गराउनु पर्ने सुझाव दिए ।
उक्त विद्यालयको पुर्व प्रधानाध्यापक समेत रहेका केसीले बालबालिकालाई घरमा पढ्ने बाताबरण मिलाइ दिनुपर्ने बताए । अभिभावकहरुको पनि महत्त्वपूर्ण भूमिका रहने भएको हुँदा हामीले फिस तिर्नुपर्दैन भनेर आफ्नो बालबच्चाको ख्याल नगर्ने प्रविधि अन्त्य गर्नुपर्ने जोड दिए ।
त्यस्तै पालिकाले पनि नि:शुलक शिक्षा प्रदान गरेका छौं भनेर पन्छिन नमिल्ने बताए । शिक्षामा लगानी गर्नु ठुलो कुरा नभएर, त्यसबाट प्रतिफल कस्तो मिल्छ भन्ने ठुलो कुरा रहेको हुँदा फल मिल्ने गरि लाग्नुपर्ने केसीले बताए । स्वास्थको लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण रहेको हुँदा विद्यालयले आगामी दिनमा निरन्तर खेलकुद क्षेत्रलाई जोडेर अघि बढ्नुपर्ने विद्यालयलाई सुझाव दिए ।
त्यस्तै कार्यक्रममा विद्यालयका पुर्व शिक्षक यम्मे बहादुर कार्कीले आफुले सो विद्यालयमा पढाउदाको अवस्था र अहिले धेरै परिवर्तन भएको बताए । उनले विद्यालयमा आफू आउँदै गर्दा चिन्न नसकेको समेत बताए । यस्तै उनले विद्यालयको संरचनाहरु सबै व्यवस्थित रुपमा बनिसकेको र अब शैक्षिक गुणस्तर तिर ध्यान दिएर अघि बढ्न विद्यालय परिवारलाई सुझाव प्रदान गरे ।
कार्यक्रममा नेपाल प्रहरीका पुर्व एसएसपी टीका बहादुर केसीले शिक्षाले सहि बाटो देखाउने बताएका छन् । बेथिति र विकृति विसंगतिका विरुद्धमा आवाज उठाउने र समाजको हितमा कार्य गर्न सक्ने राम्रो दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । चाहे खुट्टामा जुत्ता नहोस् तर हातमा किताब अनिवार्य हुनुपर्ने भनाइ समेत केसीले राखेका थिए ।
त्यस्तै कार्यक्रममा राजपुर-२,का वडा अध्यक्ष ओमप्रकश यादवले विद्यालयको शैक्षिक सुधारका निम्ति आफ्नो तर्फबाट निरन्तर लागि परेको बताएका छन् । वडा नम्बर २ को मुटुमा रहेको विद्यालयलाई आफू वडा अध्यक्षको हैसियतले आगामी दिनमापनि साथ सहयोग प्रदान गर्ने वडाध्यक्ष यादवले बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख बासुदेव खनालले राजपुर गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षा शाखासंग जतिबेला पनि समन्वय गरिदिन आग्रह गरे । उनले गुणस्तरीय शिक्षा प्रदान गर्न आफू सधैको लागि प्रतिबद्ध रहेकोे बताए ।
घर भएकालाई झिकाएर पढाउने र पढाएर सक्षमबनाएर स्कुलमै झिकाउने भन्ने उदेश्यका साथ वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक केशवराम यादवले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न व्यक्तिहरुबाट स्थापना गरिएको अक्षयकोष का संरक्षकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा प्रथम हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
विद्यालयका शिक्षक मीन बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष कमल गौतम,शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष जमुना प्रसाद यादव,छिमेकी विद्यालयको तर्फबाट ज्योति आधारभूत विद्यालय गुरुङ खोलाका प्रधानाध्यापक दिलबहादुर शाही,नेकपा माओवादी केन्द्र राजपुरका अध्यक्ष देविराम सुनार (अपिल),जेनजी राजपुरका प्रतिनिधि अर्जुन खनाल,अभिभावक टेकबहादुर सुनार,विद्यार्थी करुणा चौधरी लगायतका वक्ताले बोलेका थिए भने कार्यक्रमको संचालन विद्यालयकि शिक्षिका पुजा पौडेलले गरेकी थिइन् ।
त्यस्तै उक्त कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीले आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आइसकेपछि,विद्यालयको समग्र शैक्षिक विकासका लागि अहोरात्र खटेको बताएका छन् ।
उनले राजपुर गाउँपालिकामा कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा आफुहरु निरन्तर चिन्तित भएर खटिरहेको समेत बताए । विद्यालय बनाउनका लागि सबैको साथ सहयोगले मात्र यो स्थानसम्म विद्यालय आइपुगेको बताए । यो विद्यालयको भाग्य,भविष्य कहाँसम्म पुराउने भन्ने विषयमा गम्भीर भएर लाग्ने समेत बताए । विद्यालय सबैको साझा थलो रहेको हुँदा आगामी दिमागमा पनि निरन्तर सहयोग गर्न सम्पूर्ण निकायलाई अध्यक्ष गिरीले आग्रह गरेका छन् ।


