Sidha Patra बुधबार, मंसिर १०, २०८२

काठमाडौं । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ । केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले भेला डाकिएको नेताहरुले बताएका छन् ।

नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक भोलि मंसिर ११ गते बस्दैछ । सो बैठकबाट विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग विशेष महाधिवेशन पक्षधरको छ ।

राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि भेला आयोजना गरिएको छ । विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेताहरु, जिल्ला सभापतिहरु,नयाँ पुस्ता लगायतले भेलालाई सम्बोधन गर्ने नेताहरुले जानकारी गराएका छन् ।
विशेष महाधिवेशनको मागका लागि हस्ताक्षर संकलनका लागि अगुवाइ गरेका नेता गुरुराज घिमिरेले भेलामा सशक्त र प्रभावकारी हुने बताए ।

त्यस्तै विशेष महाधिवेशनका लागि काठमाडौं बाहिरबाट पनि स्वतस्फूर्त रुपमा हस्ताक्षरकर्ताहरु आउने क्रम जारी रहेको नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले बताए । पाण्डेले भने, ‘पुराना नेतादेखि जेनजीसम्मका व्यक्तिहरुले विशेष महाधिवेशनको पक्षमा विचार राख्नुहुन्छ ।’

विशेष महाधिवेशनको माग गर्दै काङ्ग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् । २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको छ । काङ्ग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]