
jsb
Ksb
Ksb
Gsb
Tgp
Bsn
Ssb
Usb
Rsb
Ppu
Rks
Csb
Fmb
Nsb
Ssb
Ksb

Ssb
Usb
Gsb
Tsb
Hl1

ptl
Nps
Rgu
बुटवल । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनु भयो । काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता भुसालले बताउनु भयो ।
