
Amb
Pbu
Ratbs
Gsl
Ssbus
Ddhbs
Nssbus7
Rbs
dsbus
Gsbus
gms
Bksbus5
Jsbus
Csbus

Ksm
Ggd
Wsp
Tsm
Ssm
Rgu
Sbs
Hal
Rgu
Sls
Asm
Rsb
Bbbpu
Pvg
Bbu
Vor
Rgs
Gst
nsb

Rpp
Syp
Mks
Gsb
Abd
Pls
bbt
sab
Jmb
Ptm
Rmb
Jmb
Bml
दाङ । पहिलोपटक आयोजित सूचना तथा प्रविधिसम्बन्धी प्रतियोगिता ‘कोड फेस्ट–२०२५’ मा दाङ र बाँकेका विद्यार्थीहरुले आफ्ना सीप र नवीन सोच प्रस्तुत गरेका छन् ।
कोड फर चेन्जको आयोजनामा र अम्बिकेश्वरी क्याम्पसको सहयोगमा सम्पन्न उक्त कार्यक्रम आइटी क्षेत्रमा अवसर खोज्ने तथा नवप्रवर्तनमार्फत योगदान दिने उद्देश्यले गरिएको हो।प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कृषि,उद्योग,स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा प्रविधिको प्रयोगबाट कसरी प्रभावकारी रुपमा सेवा र उत्पादन सुधार गर्न सकिन्छ भन्ने विषयमा आफ्ना परियोजना योजना सार्वजनिक गरे । नयाँ सोच,समस्या समाधान क्षमता र कार्यान्वयनयोग्यता मूल्यांकन आधार रह्यो ।
त्यस्तै उक्त प्रतिस्पर्धामा गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुको समूह दोस्रो स्थान हासिल गर्न सफल भयो। गुरुकुल एकेडेमी कक्षा १२ का सुलभ गौतम, कक्षा १० का आर्यन घर्ति र स्वस्तिका ढकाल समावेश टोलीले प्रस्तुत गरेको परियोजनाले निर्णायकको विशेष प्रशंसा पाएको थियो । परिणाम सार्वजनिक हुँदै गर्दा विद्यालयका प्रधानाध्यापक प्रदीप राज भण्डारीले विद्यार्थीको निरन्तर मेहनत र प्रविधिप्रति समर्पणकै कारण उत्कृष्टता हासिल भएको बताए ।
विद्यालयका प्लस टु संयोजक राजन अधिकारीका अनुसार विगतमा आयोजित यस्तै प्रविधि–सम्बन्धी कार्यक्रमहरुमा पनि गुरुकुलका विद्यार्थीहरु सधैं सक्रिय रहँदै उत्कृष्ट स्थान हासिल गर्दै आएका छन्। यसपटकको कोड फेस्टले विद्यार्थीको सिर्जनात्मकता,विश्लेषण क्षमता र भविष्यमा प्रविधि–क्षेत्रमा योगदान गर्न सक्ने सम्भावनालाई अझ प्रस्टसँग उजागर गरेको उनले बताए ।
