
Gsb
Ssb
Csb
Ksb
Nsb
Bsn
Ksb
Tgp
Rks
Rsb
Ksb
Ssb
Usb
Ppu

Usb
Ssb
Tsb
Hl1
Gsb

ptl
Nps
Rgu
दाङ । पहिलोपटक आयोजित सूचना तथा प्रविधिसम्बन्धी प्रतियोगिता ‘कोड फेस्ट–२०२५’ मा दाङ र बाँकेका विद्यार्थीहरुले आफ्ना सीप र नवीन सोच प्रस्तुत गरेका छन् ।
कोड फर चेन्जको आयोजनामा र अम्बिकेश्वरी क्याम्पसको सहयोगमा सम्पन्न उक्त कार्यक्रम आइटी क्षेत्रमा अवसर खोज्ने तथा नवप्रवर्तनमार्फत योगदान दिने उद्देश्यले गरिएको हो।प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कृषि,उद्योग,स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा प्रविधिको प्रयोगबाट कसरी प्रभावकारी रुपमा सेवा र उत्पादन सुधार गर्न सकिन्छ भन्ने विषयमा आफ्ना परियोजना योजना सार्वजनिक गरे । नयाँ सोच,समस्या समाधान क्षमता र कार्यान्वयनयोग्यता मूल्यांकन आधार रह्यो ।
त्यस्तै उक्त प्रतिस्पर्धामा गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुको समूह दोस्रो स्थान हासिल गर्न सफल भयो। गुरुकुल एकेडेमी कक्षा १२ का सुलभ गौतम, कक्षा १० का आर्यन घर्ति र स्वस्तिका ढकाल समावेश टोलीले प्रस्तुत गरेको परियोजनाले निर्णायकको विशेष प्रशंसा पाएको थियो । परिणाम सार्वजनिक हुँदै गर्दा विद्यालयका प्रधानाध्यापक प्रदीप राज भण्डारीले विद्यार्थीको निरन्तर मेहनत र प्रविधिप्रति समर्पणकै कारण उत्कृष्टता हासिल भएको बताए ।
विद्यालयका प्लस टु संयोजक राजन अधिकारीका अनुसार विगतमा आयोजित यस्तै प्रविधि–सम्बन्धी कार्यक्रमहरुमा पनि गुरुकुलका विद्यार्थीहरु सधैं सक्रिय रहँदै उत्कृष्ट स्थान हासिल गर्दै आएका छन्। यसपटकको कोड फेस्टले विद्यार्थीको सिर्जनात्मकता,विश्लेषण क्षमता र भविष्यमा प्रविधि–क्षेत्रमा योगदान गर्न सक्ने सम्भावनालाई अझ प्रस्टसँग उजागर गरेको उनले बताए ।
