
ksb
Rgp
lnp
Usb
Lks
Asb
Jns
Rgp
Rgp
Ggp
Sgp
Ggp
Dus
Rgp
Lnp

lms

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेल अर्धशतक बनाउनबाट १ रनले चुके ।
त्यस्तै उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ड’यार्सी सर्टले १९ रन बनाउँदा जेजे स्मिथले २३ रन बनाएका थिए । लुम्बिनिका लागि रुवेन ट्रम्पलमेनले १४ बलमा २९ रनको विष्फोटक इनिङ खेल्दै टिमलाई समान जनक स्कोरमा पुर्याए ।
यस्तै कर्णालीका लागि नन्दन यादवले २ विकेट लिंदा सोमपाल कामी, गुल्सन झा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १-१ विकेट लिए।
