
Ssbus
Gsbus
Gsl
Ddhbs
Rbs
Csbus
Jsbus
Pbu
dsbus
gms
Bksbus5
Ratbs
Amb
Nssbus7

Sls
nsb
Rgu
Ggd
Bbu
Rgu
Rgs
Wsp
Gst
Ssm
Vor
Pvg
Rsb
Sbs
Asm
Hal
Tsm
Bbbpu
Ksm

Abd
Jmb
Rmb
Ptm
sab
bbt
Rpp
Jmb
Gsb
Syp
Bml
Mks
Pls
दाङ । जनता माध्यमिक विद्यालय गढवाको ६५ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ शुक्रवार सम्पन्न भएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार कुमालको अध्यक्षता तथा पुर्व शहरी बिकास मन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले शिक्षा क्षेत्र समाज र राष्ट्रको समुन्नत रुपान्तरणकोे मूल माध्यम भएको भन्दै शिक्षामा राज्यको लगानी बृद्धि गर्नुपर्ने बताए ।
सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर बृद्धि गर्न एक्लैले मात्र नसकिने बताउदै आम अभिभावक,शिक्षक, स्थानीय सरकार,विद्यालय ब्यवस्थापन समिति र प्रशासन एकाकार भएर लाग्न अनुरोध गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा सांसद इन्द्रजित चौधरीले ब्यवहारिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको औल्याए । सो अवसरमा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले स्थानीय सरकारको तर्फबाट सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न पूर्ण पहल भैरहेको र सबै पक्षबाट उत्तिकै पहल जरुरी भएको बताइन् ।
कार्यक्रममा जनता मावि गढवाका पूर्व अध्यक्ष तथा सामुदायिक बिद्यालय ब्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष युवराज पोखे्रल, बिद्यालयका पूर्व अध्यक्ष रेशम बिसी,शिक्षक अभिभावक संघका अध्यक्ष जगतराम यादव,शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष दिनमणि आचार्य, शिक्षप्रेमि बुद्धिजिवी कपिलदेव खनाल लगायतले बोलेका थिए ।
बार्षिकोत्सव समारोहमा उक्त विद्यालयका निवृत्त शिक्षक जगतराम यादवद्वारा लिखित अवधि भाषाको कथा संग्रह मोहिनीको प्रमुख अतिथी मेटमणि चौधरीले बिमोचन गरेका थिए भने समिक्षा शिक्षक सुदिप किरण आचार्यले गरेका थिए ।
सो अवसरमा बर्ष उत्कृष्ट कर्मचारीका रुपमा लेखापाल बिरमान चौधरीलाई सम्मान गरिएको थियो भने शिक्षक जयराम यादवलाई याज्ञेश्वर स्मृति पुरस्कारबाट पुरस्कृत गरिएको थियो । यसैगरी अभिभावक नेपाल प्रसाद चौधरीलाई अभिनन्दन गरिएको थियो । उक्त विद्यालयमा विभिन्न दाताहरुद्वारा स्थापना गरिएका अक्षयकोषका पुरस्कारहरु पनि वितरण गरिएको छ ।
कतार,देउखुरी सेवा समाजद्वारा स्थापित हरिबहादुर स्मृति पुरस्कारबाट यस बर्षको एसइइ परिक्षामा बिद्यालय उत्कृष्ट हुने निर्जला पुन,प्रेम बिसी स्मृति पुरस्कारबाट प्रमिला चौधरी, सुमकला स्मृति पुरस्कारबाट अनुप बिश्वकर्मा र अनिषा चौधरी, शोभाखर शोभादेवि स्मृति पुरस्कारबाट भुपेन्द्र माझी, ऋषिराम लुमादेवि पण्डित पुरस्कारबाट सुनिता कुमाल र टिकाराम मोतिकला स्मृति पुरुस्कारबाट ज्ञानबहादुर खड्कालाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बिद्यालयको पठन–पाठन र अतिरिक्त कृयाकलापमा कक्षगत उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको र बिभिन्न भेषभुषा झल्किने साँस्कृतिक झाँकीहरु र मार्सल आर्टस समेत प्रदर्शन गरिएको थियो ।
बिद्यालयका प्रधानाध्यापक रामसुरत यादवको स्वागत मन्तब्य र बार्षिक प्रगति प्रतिवेदन प्रस्तुतिबाट आरम्भ भएको बार्षिकोत्सव समारोहको सहजिकरण सहायक प्रधानाध्यापक उपेन्द्र चालिसेले गरेका थिए ।
